भूकम्पपीडितलाई सहकारीको राहत
दाङ जेष्ठ ३० । दाङको एक सहकारीले गोरखा पुगेर भूकम्पपीडितलाई राहत वितरण गरेको छ । देउखुरीको लक्ष्मी महिला विकास बचत तथा ऋण सहकारी संस्थाले गोरखा जिल्लाका भुकम्प पिडितहरुका लागि राहत वितरण गरेको थियो ।
गोरखा जिल्लाको अति विकट तथा दुर्गम क्षेत्र थुमी गाविस वार्ड नम्बर ६ मा पुगी खाद्यन्न र नगद सहित २ लाख ८० हजार रुपैयाँ बराबरको राहत वितरण गरेको संस्थाकी अध्यक्ष यशोदा चौधरीले बताउनुभयो ।
सहकारीले १८ क्वीन्टलब ५० केजी चामल, २ क्वीन्टलल ३५ केजी दाल , ३क्वीन्टल ४७ केजी आलु, ६५ केजी नुन, १५ केजी लसुन प्याज, ५० केजी पिठो , ५० थान त्रिपाल वितरण गरेको थियो । त्यस्तै संस्थाले पीडितलाई ८० हजार रुपैयाँ नगदसहित २ लाख ८० हजार रुपैयाँ बराबरको राहत वितरण गरेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।