बंगुरपालनबाट राम्रो आम्दानी गर्दै सहकारी


पोखरा, जेष्ठ ३० । बंगुर वृडर कृषक सहकारी संस्थाले बंगुरको पालन तथा बच्चा विक्रिवितरणबाट मनग्य आम्दानी गर्दै आएको छ । सहकारीले हालै आफै पसल सञ्चालन गरेरमासु समेत बेच्न सुरु गरेको छ । पोखरा पृथ्वीचोक स्थित यातायात कार्यालय जाने बाटोमा संचालित कृषक फ्रेश हाउस एण्ड मिट सप्लायर्सको जिल्ला पशु विकास कार्यालय कास्कीका अधिकृत डा शम्भु पाण्डेले एक कार्यक्रमबीच शुभारम्भ गर्नुभयो ।
पाँच वर्ष अघि लेखनाथ ५ विजयचोकमा स्थापित सो सहकारीले गत वर्षदेखि अमरसिंहमा सरेर दाना उद्योग समेत सञ्चालनमा ल्याईसकेको छ । अब आफै बंगुर उत्पादन गर्ने सहकारीले मासु समेत विक्री गर्न थालेपछि उपभोक्ताले कम्तिमा २० रुपैंया प्रतिकिलो मासुमा सहुलियत पाउने सहकारीले जनाएको छ । तीन लाख लागतमा मासु पसल सञ्चालनमा ल्याएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले बंगुर व्यवसायीहरु यसरी संगठित भई आय आर्जन क्षमता वृद्धि र पारस्परिक सहयोगको आधारमा व्यवसायीक विकास गर्ने उद्देश्यनुरुप अघि बढेकोमा खुशी लागेको उहाँको भनाई थियो ।
प्राविधिक हिसाबले स्वस्थ तबरले हुकाईएका बंगुर बँदेलको मासु स्वास्थ्यका लागि नराम्रो नरहने भएकाले यसतर्फ ध्यान दिन आग्रह गर्दै मासु बेच्ने ठाउँमात्र नभई बधस्थल समेत सफा हुनुपर्नेमा उहाँको जोड थियो। ‘
कार्यक्रममा विशेष अतिथि सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका सहकारी निरीक्षक भुपेन्द्र थापाले सहकारीको अवधारणा अनुरुप अघि बढेकोमा धन्यवाद दिँदै सहकारीहरु पैसाले पैसा कमाउने भन्दा पनि यस्ता उत्पादनमुलुक हुनुपर्नेमा बताउनबुभयो ।
सिप्रेड प्रोजेक्टका डा राजेश चौधरीले सबै बंगुर व्यवसायी एकीकृत भएर वैज्ञानिक ढंगले बंगुरपालन गर्दै व्यवसायलाई अघि बढाउन सुझाव दिनुभयो। उहाँले मासुलाई फ्रिजिङ गरेर बेच्न समेत सुझाव दिनुभयो ।
सटर व्यवस्थापन समितिका सुवर्ण दुलालले किसानले उचित मुल्य पाउन नसकेको अवस्थामा अब आफै मासु विक्री वितरण गर्न थालेपनि सहकारीलाई पनि आर्थिक रुपमा लाभ हुने विश्वास व्यक्त गर्नुभयो ।
सहकारीमा आबद्ध करीब ५० बंगुर व्यवसायीहरुको फार्म निरीक्षण गरेर प्रतिवर्ष उत्कृष्ट ठहराई पुरस्कृत समेत गरिने बताइएको छ ।
संस्थाका अध्यक्ष मिनबहादुर घलेले बंगुर व्यवसायीहरुलाई एकै ठाउँमा ल्याएर स्थापना भएको यो संस्था अहिले आफै दाना उद्योग संचालन गर्नदेखि मासु बेच्नसम्म सफल भएको बताउनुभयो । पोखरादेखि धेरै टाढा फार्म खोलेर व्यवसाय गर्नपरेकामा केहि असहज भएकाले अब सबै व्यवसायीहरु एउटा राम्रो ठाउँमा एकीकृत रुपमा फार्म सञ्चालन गर्ने योजनामा रहेकाले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने