अवैध कारोबार रोक्न अर्थमन्त्रालय र राष्ट्र बैंकको कार्यदल


 

हुण्डी कारोबारका विरुद्ध राष्ट्र बैंक सक्रिय

काठमाडौं, जेष्ठ ३१ । नेपाल राष्ट्र बैंकले हुण्डीबाट भित्रिने रकमलाई रोक्नका लागि गृहकार्य सुरु गरेको बताएको छ । मिडिया इन्टरनेसनलले आइतबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्र बैंकका प्रबक्ता डा. मिनबहादुर श्रेष्ठले हुण्डी र अवैध कारोबार रोक्नका लागि अर्थ मन्त्रालय र राष्ट्र बैंक सम्मिलित संयूक्त कार्यदल बनाइएको जानकारी गराए । उक्त कार्यदललले अध्ययन थालीसकेको र अध्ययन पछि हुण्डी व्यबसायीलाई कार्बाही गरीने, अबैधानिक व्यापार व्यबसायलाई निरुत्साहित गरीने र वैधानिक व्यापार व्यबसायलाई प्रोत्साहन गर्नेगरी संयूक्त कार्यदलले प्रकृया अघि बढाउने बताए । उनले हाल ५६ प्रतिशत घर धुरीमा कुनै न कुनै माध्यमबाट रेमिट्यान्स भित्रिएको उल्लेख गर्दे रेमिट्यान्सले आर्थिक क्षेत्रलाई कम्जोर हुन नदिन सहयोग गरेको पनि बताए । नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले तर सबै रेमिट्यान्सलाई बैधानिक बाटोबाट ल्याउन जरुरी भएको पनि बताए । नेपालमा भित्रिने रेमिट्यान्स ३० प्रतिशत अझै पनि अबैधानिक बाटोबाट आउने गरेको र भूकम्प पछिका दिनमा यो प्रतिशत घटेको उनको भनाई थियो ।
कार्यक्रममा रेमिटर्स एसोसीयसनका अध्यक्ष देवी प्रकाश भट्टचनले भूकम्पपछि रेमिट्यान्स कम्पनिहरुले निशुल्क शेवा दिएको उल्लेख गर्दै निशुल्क सेवाका बेला रेमिट्यान्स बढेको बताए । उनले नेपालमा भित्रिने सबै रेमिट्यान्सलाई बैंकिङ च्यानलबाट ल्याउनुपर्नेमा जोड दिए । रेमिट्यान्स उत्पादनमुलक कार्यमा लगाउनका लागि छुट्टै अध्ययन जरुरी भएको उनको भनाई छ ।
कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव मधुसुधन पोख्रेलले रेमिट्यान्स सेवा वापत लाग्ने सेवा शुल्क सरकारले मिनाहा गर्न नसक्ने बताए । उनले रेमिट्यान्सलाई बैधानिक बाटो भएरै पठाउन आम नागरिकलाई सुसुचित गर्न आवश्यक रहेको पनि बताए । सुन लगायत आयातित बस्तुको अबैधानिक कारोबार बढ्दा रेमिट्यान्स हुण्डीबाट आउने सम्भावना बढी हुने भन्दै अवैधानिक कारोबारलाई निरुत्साहित गर्न जरुरी रहेको उल्लेख गरे ।
कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ –इकयान) का अध्यक्ष राजेन्द्र बरालले भूकम्पपछि विदेशीने विद्यार्थीको संख्या बढेको तर उनीहरुको भिसा फिर्ता भइरहेको उल्लेग गरे । उनले विद्यार्थीका भिसा फिर्ता हुनुमा सरकार जिम्मेवार रहेको पनि बताए । कार्यक्रममा आइएमई रेमिट्यान्सका सिइओ सुमन पोख्रेलले निशुल्क रेमिट्यान्स सेवा संचालन गरेका बखत रेमिट्यान्समा बृद्धि भएको बताउँदै सरकारले उक्त सेवामा सहुलियत दिने हो भने हुण्डी लगायत अबैधानिक बाटोबाट आउने रेमिट्यान्स रोकिने बताए ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर