तालिममा रमाउँदै, दक्ष बन्दै महिला सदस्यहरु


चितवन जेष्ठ ३१ । सामूहिक बिकास वचत तथा ऋण सहकारी संस्था लि तिलोत्तमा नगरपालिकाको आयोजनामा सीपमूलक तालिम सञ्चालन भएको छ ।
वुटिक तालिममा ७० जना महिला सदस्यहरुको सहभागीता रहेको थियो । त्यस्तै अचार बनाउने तालिममा ७५ जना शेयर सदस्यहरुको उपस्थिति थियो ।
संस्थाका अध्यक्ष चूडामणि खरेलको देशकै नमूना सहकारीको रुपमा परिचित सहकारीले आफ्ना महिला सदस्यहरुलाई निशुल्क रुपमा विभिन्न शिपमूलक व्यावसायिक खालका तालिम संचालन गर्दै आएको बताउनुभयो। संस्थाले प्रदान गरेका विभिन्न निशुल्क शिपमूलक तालिम र सहुलियतपूर्ण लघु उद्यम कर्जाको माध्यमवाट महिला सदस्यहरु उद्यमी हुने उहाँको विश्वास थियो । रुपन्देहीकै ठूलो सहकारी रहेको संस्थाको कुल सम्पत्ति १ अर्व १० करोडको रहेको छ ।
२५०० जना महिला सदस्य रहेको यस सहकारीमा जम्मा ४ हजार जना सदस्य रहेका छन् । २०७० सालमा राष्ट्रिय सहकारी संघवाट सहकारीले उत्कृष्ठ सहकारी व्यवसाय पुरस्कारवाट सम्मानित भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने