बजेटबाटै पुनर्निर्माणका योजना ः अर्थमन्त्री डा महत


अर्थमन्त्री डा रामशरण महतले भूकम्पले क्षतविक्षत नेपाललाई यथाशीघ्र पुनर्निर्माण गरी अझ सुन्दर, भूकम्प प्रतिरोधी र मजबूत बनाइने बताउनुभएको छ ।

नुवाकोट बालकुमारीस्थित महादेव माध्यमिक विद्यालयको अस्थायी भवनको उद्घाटन गर्दै अर्थमन्त्री डा महतले आगामी बजेटमै पुनर्निर्माणका कार्यक्रमहरुको घोषणा गरिने पनि स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, क्षति ठूलो भएकोले स्वदेशी साधन र स्रोतबाट मात्र पुग्दैन । यस्तो बेलामा मित्रराष्ट्र तथा दाता संस्थाहरुबाट सहयोग परिचालन गर्न थुप्रै प्रयासहरु भैरहेका छन ।
आगामी असार १० गते दाताहरुको अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको र सम्मेलनमा व्यक्त हुने सहयोग प्रतिवद्धतासँगै असारभित्रै बजेट ल्याई पुनर्निर्माणमा केन्द्रित हुने उहाँले स्पष्ट पार्नुभयो । विद्यालय, निजी आवास, सरकारी भवन, राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्पदा, मठमन्दिरहरुको पुनर्निर्माण शीघ्र गरिने जनाउँदै उहाँले निजी आवासका लागि भूकम्प प्रतिरोधी नमूना उपलब्ध गराउने उल्लेख गर्नुभयो ।
८२ बर्षकै सबैभन्दा ठूलो विपत् भोगिएको र विपत् व्यवस्थापनको तयारीको कमजोर क्षमता भएपनि सरकारले आफ्नो सम्पूर्ण शक्ति परिचालन ग¥यो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग परिचालन ग¥यो । यसले गर्दा विकट गाउँहरुमा समेत राहत तथा उद्दारका काम पूरा गर्न सकियो । कोही मान्छेले औषधि नपाएर वा खान नपाएर मर्न परेको खबर छैन । उहाँले भन्नुभयो, उद्दार तथा राहतका काम सकिएको छ र अस्थायी निजी तथा अस्थायी विद्यालयहरु बर्षाअघि नै तयार भैसक्ने भन्दै बर्षापछि स्थायी पुनर्निर्माण थालिनेछ । उहाँले सडक, खानेपानी लगायत नियमित योजनाहरु पनि अगाडि बढ्ने जानकारी दिनुभयो ।
अर्थमन्त्रीले भन्नुभयो, भूकम्पले धनजनको ठूलो क्षति मात्र गरेको छैन, नेपालीको मनस्थिति र आत्मवलमा समेत क्षति पु¥याएको छ । तर सँगसँगै अहिले नेपाली नेपालीबीच एकताको माहौल पनि बनेको छ । यसले गर्दा हामी वैशाख १२ भन्दा अघिको अवस्थामा छिटै फर्किनेछौं र त्योभन्दा राम्रो अवस्थामा पुग्ने हाम्रो चाहना पनि पूरा हुनेछ ।
उहाँले भूकम्पको पीडा विर्सेर मेहनतका साथ पढेर उत्कृष्ठता हासिल गर्न विद्यार्थीहरुलाई सल्लाह दिनुभयो । कार्यक्रममा कांग्रेस जिल्ला सचिव रमेशकुमार महत, समाजसेवी प्रमोद रिमाल, जिविस प्रतिनिधि तथा स्रोतव्यक्ति मीनबहादुर श्रेष्ठ, रामजी पौडेल र आर्थिक सहयोग उपलब्ध गराउने अच्युत गुरागाई, शिक्षक रामप्रसाद गुरागाईले पनि बोल्नुभएको थियो । अमेरिका निवासी वैकुण्ठ शर्मा तथा स्थानीय अच्युत गुरागाई, रामप्रसाद गुरागाईलगायतको सहयोगमा विद्यालयको अस्थायी पुनर्निर्माण गरिएको छ र पठनपाठन शुरु गरिएको छ । भूकम्पका कारण पूरै विद्यालय ध्वस्त भै पठनपाठन रोकिएको थियो ।
सो अवसरमा अर्थमन्त्री डा महतले विद्यार्थीहरुलाई पाठ्यसामाग्री, पोशाक तथा आर्थिक सहायता उपलब्ध गराउनेहरुलाई प्रशंसापत्र दिनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न