भुकम्प प्रभावित ५० गाबिसका किसानलाई तरकारीको बीउ बितरण


काठमाडौं, जेष्ठ ३२ । नेपाल कृषि सहकारी केन्द्रीय सहकारी संघ ले धदिङ र मकवानपुरका ५० वटा गाविसमा विभिन्न जातको तरकारीको विउ वितण गरेको छ ।
एग्रीटेराको सहयोगमा, इन्जा जेडन हङकंगबाट प्राप्त करेला, गोलभेडा, काँक्रो र फर्सीको १ सय ८६ किलो विउ वितरणका लागि साना किसान कृषि सहकारी संघ धादिङ र कृषि सहकारी संघ मकवानपुरलाई हस्तान्तरण गरिएको छ ।
हस्तन्तरण कार्यक्रममा संघका अध्यक्ष खेम वहादुर पाठकले किसानहरुलाई केन्द्रीत गरेर प्राप्त भएको सहयोग खास पिडित किसान सम्म पु¥याउनु पर्नेमा जोड दिनुभयो ।
उँहाले भुकम्पका कारण विस्तापित किसानहरु अझै सहज रुपमा कामकाजमा फर्कन नसकेको प्रति दुःख प्रकट गर्नुभयो ।
पाठकले घरवासका लागि जस्ताको व्यवस्था, खेतिपातीका लागि मल विउको सहज उपलब्धता गराउन सके किसानहरु उत्पादन मुलक कार्यमा लाग्न तत्पर रहेको बताउनुभयो । विउ धदिङका ३५ गाविस र मकवानपुरका १५ गाविसमा वितरण गरिने छ ।
भुकम्पका कारण ४ सय ९० कृषकको मृत्यु भएको, ११ सय घाईते भएको र ८५ हजार घरपरिवार विस्थापित हुनु परेको केन्द्रीय संघले जानकारी दिएको छ ।
संघले यसअघि पनि १७ सय क्विन्टल चालम, १४ सय ६४ वटा टेन्ट, २९ थान सोलार, ४ सय ५० वटा टर्चलाईट लगायत दैनिक उपभोग्य सामग्री नुन, तेल, कपडा लगाएतको राहत सामग्री मुख्य प्रभावित जिल्लाका किसानहरुलाई वितरण गरिसकेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन