सहकारी बैंकद्वारा  सहकारी विभागका रजिस्ट्रारलाई स्वागत 


 bankराष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजनामा बैंकको केन्द्रीय कार्यालयमा ” राष्ट्रिय सहकारी बैंकको परिचयात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ

सो कार्यक्रममा नेपाल राष्ट्र बैंक, सहकारी तथा गरिवी निवारण मन्त्रालय , अर्थ मन्त्रालय , सहकारी बिभाग, डिभिजन सहकारी कार्यालयका बिशिष्ठ प्रतिनिधि तथा बैंकका संचालक सदस्यहरु सहभागी थिए /

उक्त कार्यक्रमको शुरुवात गर्दै बैंकका प्रबन्ध संचालक के.बि.उप्रेतीले वर्तमान समयमा सहकारी नीतिमा रहेका नीतिगत समस्या र सहकारी बैंक ऐन किन जरुरि छ भने सम्बन्धमा सहभागी लाई आफ्नो धारणा राख्नु भएको थियो /

एबं बैंकको वर्तमान अवस्था र बैंकका कार्य  वारे बैंकका संचालक  सरिता भट्टराईले जानकारी दिदै प्रस्तुतीकरण गर्नु भएको थियो ।

कार्यक्रममा बैंकका अध्यक्ष रमेश प्रसाद पोखरेलले बैंकको वर्तमान अवस्था , असहजता , उपलब्धि र सम्भावना वारे उपस्थित सहभागीलाई जानकारी दिनु भएको थियो /

कार्यक्रमका बिशिष्ठ अतिथी सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव श्रीधर गौतमज्युले सहकारी बैंक को भूमिका, यसका उपलब्धि र सहकारी बैंक ऐन को जरुरि  वारे आफ्नो भनाइ राख्नु भएको थियो  तथा सहकारी क्षेत्रमा वर्तमानमा बिमा वारे जनचेतना को जरुरि औल्याउनु हुदै  भावी दिन हरुमा सहकारी बैंकले सहकारी क्षेत्रमा बिमा ब्यवसाय लाई पनि अगाडी बढाउनु पर्ने वारे थप अनुशन्धान गर्नु पर्ने बताउनु भयो

उक्त अवसरमा वोल्दै नेपाल  राष्ट्र बैंकका कार्यकारी निर्देशक बिनोद आत्रेय राष्ट्रिय सहकारी बैंक लिमिटेड नेपाल राष्ट्र बैंकको निर्देशनहरू पालना गर्दै अगाडी बढेको प्रति प्रसंशा गर्नु भयो , र  सहकारी बैंक ऐन को जरुरि र यस ऐन सम्बन्धमा रहेका असहजता वारे  सम्बन्धित निकायहरु तत्काल समाधानमा लाग्नु पर्ने धारणा  व्यक्त गर्नु भयो,

सहकारीको सम्भावना लाई जोड दिदै देशमा अझै पनि धेरै क्षेत्रमा जनता बैंकिंग सेवाको पहुचमा नभएकोले भविष्यमा बैंकले आफ्ना थप शाखा विस्तार कार्य गर्दा त्यस सम्बन्धमा ध्यान पुर्याउन सुझाव दिनु भयो, र नेपाल राष्ट्र बैंकले यस सम्बन्धमा आवश्यक  सहयोग गर्ने बताउनु भयो  .

कार्यक्रममा उपस्थित सहकारी प्रशिक्षण केन्द्र,सहकारी बिभाग,डिभिजन सहकारी बिभाग, बैंकका संचालक तथा अन्य उपस्थित अथितिहरुले देशमा आएको प्रकोप वाट सहकारी क्षेत्र पनि निकै पिडीत भएकोले नेपाल  राष्ट्र बैंक द्वारा सहकारी क्षेत्रमा पनि सहुलियत ऋणको व्यवस्था तथा पुनर्स्थापना सम्बन्धमा कार्य गर्नु पर्ने जरुरि रहेको  औल्याउनु भयो /  र सहकारी बैंक लाई सफलताको शुभकामना दिनु भयो.

उक्त कार्यक्रमका बीच सहकारी विभागका रजिस्ट्रार श्री काशिनाथ मरासिनी ज्यु लाई स्वागत कार्यक्रम गरिएको थियो र बैंकको तर्फ वाट सफल कार्यकालको शुभकामना दिईएको थियो /

 कार्यक्रम राष्ट्रिय सहकारी बैंक लि. का प्रबन्ध संचालक के.बि.उप्रेतीले संचालन गर्नु भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जागिरे दवाब छोडेर किसानी कमाल
नीति, विधि र प्रविधि सहजिकरणमा नेफ्स्कून
जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी
उद्यम विकास साकोसको साधारणसभा सम्पन्न