नेतृत्व विकास तालिम सम्पन्न
म्याग्दी, असार २ । दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा संचालक कर्मचारी एवं शेयर सदस्यका लागि १ दिने तालिम बेनीमा सम्पन्न भएको छ ।
तालिममा ३० जनाको सहभागिता रहेको थियो । तालिमको सहजिकरण केन्दिय सहकारि प्रशिक्षण केन्द्रका प्राचार्य गणेश अर्याल एवं सहकारी प्रशिक्षक आनन्द शारूले सहजिकरण गर्नु भएको थियो ।