खानेपानीको महशुल मोबाईलबाटै भुक्तानी गर्न सकिने


कास्कीको लेखनाथ नगरपालिकामा अबदेखि खानेपानीको महशुल अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ ।

लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपभोक्ताहरूले अबदेखि आफ्नो मोबाईल अथवा आफुलाइ पायक पर्ने नजिकको साइबर÷कम्युनिकेशन, स्टेशनरी, किराना पसल तथा अन्य पसलहरुबाट समेत पानीकोे महशुल भुक्तानी गर्न सक्ने भएका छन्् । संस्थाले नेपालमै पहिलोपटक खानेपानीको क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगबाट उपभोक्ताहरुको खानेपानीको महशुल ईन्टरनेट तथा मोबाइलको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा सुरू गरेको हो । अनलाइन भुक्तानीको सेवास“गै खानेपानीका उपभोक्ताहरू अब संस्थाको कार्यालयसम्म बिल भुक्तानीकै लागि पुग्न नपर्ने तथा घण्टौं लाइन बस्नुपर्ने समस्याबाट मुक्त हुनेछन् । जसबाट उनीहरुको समय र खर्च दुबैको बचत हुनेछ ।

संस्थाले नेपालकै पहिलो पेमेन्ट गेटवे कम्पनी इसेवास“गको सहकार्यमा अनलाइनबाटै रकम भुक्तानी गर्न सकिने सेवा सुरू गरेको हो । अनलाइनबाटै रकम भुक्तानीसेवाको सुरूवातबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष बोधराज लामिछानेले संस्थाले आफ्नो स्थापना कालदेखिनै उपभोक्ताको हितमा काम गर्दै आएको भन्दै उपभोक्तालाई बिल भुक्तानीमा पनि कुनै समस्या झेल्न नपरोस् भन्नका लागि अनलाइन भुक्तानी सेवा सुरू गरिएको बताउनुभयो । अनलाइन बिलिङ प्रणाली सुरू भइसकेपछि मोबाइल तथा ईन्टरनेटको माध्यमबाट बिल भुक्तानी गर्नुका साथै महशुल रकम कति उठ्यो र आफुले कति रकम भुक्तानी गरियो भन्ने विस्तृत विवरण घरबाटै जानकारी पाउन सकिन्छ ।

पत्रकार सम्मेलनमा फोनपे प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत अस्गर अलिले सुरूदेखिनै उपभोक्ताको दैनिकीलाई सहज बनाउने किसिमका सेवाहरू प्रदान गर्दै आएको इसेवाले लेखनाथका उपभोक्ताहरूपनि घरबाटै अनलाइन भुक्तानी गरी आफ्नो समयको बचत गर्नुका साथै अतिरिक्त खर्च गर्नुपर्ने बाध्यताबाट मुक्ति पाउन् भन्ने उदेश्यले संस्थास“गको सहकार्यमा सेवा सुरू गरिएको बताउनुभयो । उहा“ले भन्नुभयो “हामीले जुन सेवा प्रदान गरेपनि त्यो उपभोक्ताकै हितमा हुन्छ, हामी चाहान्छौं नेपालका हरेक सेवाहरूलाई अनलाइन भुक्तानी गर्न सकिने बनाइ लाइन बस्ने परम्परालाई हटाउन सकियोस् ” ।

संस्थाले हाल लेखनाथ नगरपालिकाको कुल ५८ हजार ८ सय १६ जनसंख्या मध्ये ७८ प्रतिशत अर्थात् ४६ हजार जनसंख्यालाई पानी पु¥याउ“दै आएको छ । खानेपानी तथा ढल निकास विभाग, नगर विकास कोष, लेखनाथ नगरपालिका कार्यालय र लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका बिचमा २०६१ साल बैशाख ६ गते चौपक्षिय सम्झौता भइ निर्माण सुरू भएको आयोजना २० करोड ८३ लाख २५ हजार ७ सय ९० रूपैया“को लागतमा सम्पन्न भएको थियो ।

मोवाइल तथा इन्टरनेटबाट बिल भुक्तानी तथा किनमेल गर्न सकिने इसेवामार्फत् अनलाइनबाटै पैसा पठाउन, पाउन र तिर्न सकिन्छ । घरमै बसी मोवाइल रिचार्ज, टपअप, टेलिफोन, बिजुली, खानेपानी तथा इन्टरनेटको बिल भुक्तानी, डिसहोम रिचार्ज, टपअप, हवाइजहाज तथा बस टिकट काट्न संभव बनाएको इसेवाले देशभर ९ हजार भन्दा बढि इसेवा जोन तथा पोइन्टहरूको एजेन्ट नेटवर्क स्थापना गरेको छ । जोन तथा पोइन्टहरूबाट इसेवामार्फत् रकम भुक्तानी गर्न सकिन्छ । लेखनाथमा पानीको अनलाइन भुक्तानी सेवा सुरूभएसँगै इसेवाले कास्की जिल्लामा आफ्ना जोन तथा पोइन्टहरूको संख्या समेत बढाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने