एकीकरणबिना सहकारीले प्रगति हाशिल गर्न सक्दैन–अध्यक्ष घिमिरे
चितवन, असार ६ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ फिल्ड कार्यालय चितवनको आयोजना तथा युनिक साकोस रत्ननगर को सहआयोजनामा रत्ननगरमा एकीकरण गोष्ठी सम्पन्न भएको छ ।
गोष्ठीमा ६० संस्थाका १३१ सदस्यको उपस्थिती रहेको थियो । गोष्ठीमा पुर्बी चितवनका सबै बचत तथा ऋण सहकारी संस्था र भरतपुर क्षेत्रका संस्थाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै नेफ्स्कुन अध्यक्ष ऋषिराज घिमिरेले सहकारी एकीकरणबिना सहकारीले प्रगति हाशिल गर्न नसक्ने बताउनुभयो ।
कार्यक्रममा कार्यक्रममा नेफ्स्कुन संचालक दामोदर अधिकारी फिल्ड संयोजक सीता अधिकारीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।