बचत संघको ११ औं वार्षिक साधारणसभा सम्पन्न


काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सो अवसरमा बोल्ने वक्ताहरुले भूकम्पपीडितलाई सहकारीको योगदान अपुरणीय रहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले सहकारीले भूकम्पको बेला उद्वार तथा राहतमा रचनात्मक काम गर्न सकेकोमा खुसी व्यक्त गर्नुभयो । सहकारीले पुर्ननिर्माणमा पनि जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
सबै सहकारी पुर्ननिर्माणमा जान जरुरी भइसकेको छ, त्यसका तयार हुन सबै सहकारीलाई हार्दिक अनुरोध गर्दछु’ उहाँले भन्नुभयो ।
जिल्ला सहकारी संघ काठमाडौंका उपाध्यक्ष ज्ञानबहादुर तामाङले सहकारीले उल्लेखनीय काम गर्न सक्नुपर्नेमा जोड दिनुभयो । सहकारीको संख्याअनुरुप सहकारीले काम गर्न नसकेको यथार्थ हो’ उहाँले भन्नुभयो । कार्यक्रममा संघका सञ्चालक देव पनेरु, पवित्रा पौडेल, कुशश्री न्यौपानेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष शम्भु घिमिरेले वार्षिक प्रगति प्रतिवदेन र लेखा परीक्षण प्रतिवेदन देवनारायण चौलागाई र लेखा संयोजकको प्रतिवेदन हरिशरण थापाले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सूचना तथा सञ्चार प्रवाह कार्यशाला गोष्ठी सम्पन्‍न
धुलिखेलमा कोपोमिस तालिम सम्पन्‍न
चन्द्रागिरि साकोसको CUDCC तालिम सुरु
संस्थागत विकास तालिम सुरु