राष्ट्रिय सहकारी संघ घेराउ गर्दै सहकारी पीडित


काठमाडौं, असार ६ । ओरियन्टल सहकारीपीडितले राष्ट्रिय सहकारी संघ घेराउ गरिरहेका छन् । संघले नै आफ्नो काम गर्न नदिएको भन्दै उनीहरुले बिहानैदेखि संघ घेराउ गरेका हुन् ।
सहकारीको समस्या समाधानार्थ सरकारले कानुन बनाउन खोजेपनि केही दिनअघि संघले उक्त कानुनको विरोध गरेको थियो । सहकारीपीडितहरुले आफ्नो पीडामा संघले झन नुनचुक छर्केको भन्दै संघमा धर्ना दिइरहेका छन् ।
सरकारले समस्या समाधान गर्न सहकारी ऐन २०४८ संशोधन गरेर सम्पत्ति व्यवस्थापन समिति गठन गर्न सकिने र ठगी गर्ने सहकारीलाई ७ वर्षसम्म कारवाही गर्न सकिने प्रावधान ल्याउृन खोजेपनि संघकै कारण उक्त ऐन रोकिएको छ ।
लामो समयदेखि सहकारीको समस्या समाधान हुन सकेको छैन् । गौरीबहादुर कार्कीको आयोगले दिएको प्रतिवेदनअनुसार एक सय ३५ सहकारीले ११ अर्ब बढी निक्षेप फिर्ता गर्न सकका छैनन् । सहकारीबाट ९ हजार बढी सर्वसाधारण पीडित छन् ।
सहकारीपीडित नृपेश श्रेष्ठले सहकारीको समस्या समाधान गर्न संघ नै बाधक देखिएकाले ध्यानाकर्षण गराउन लागिएको बताउनुभयो । ‘हाम्रो पीडा बल्झाउने काम संघले नै गरेको छ, ऐन बनाउने कममा संघले विरोध गरेपछि ध्यानाकर्षणका लागि संघमा धर्ना दिइरहेका छौं’ उहाँले भन्नुभयो । सरकारले अध्यादेशबाट कानुन ल्याएको र यसले सहकारीको हित नगर्ने भन्दै राष्ट्रिय सहकारी संघले सहकारी ऐन निर्माणको बिरोध गरेको थियो ।
सहकारीपीडितहरुले संघको रबैयाका कारण आफ्ना समस्या सुनुवाई हुन नसकेको आक्रोश पोख्दै आएका छन् ।
यतिखेर राष्ट्रिय सहकारी संघ तनावग्रस्त बन्न पुगेको छ । संघका पदाधिकारीहरु नभएको भन्दै कर्मचारी तनाबमा देखिएका छन् ।
सहकारीपीडित सिर्जना पाण्डे रुपाखेतीले छिटो कानुन बनोस् भनेर वाध्य भएर आन्दोलन गर्नुपरेको बताउनुभयो । भनेर वाध्य भएर आन्दोलन गर्नुपरेको बताउनुभयो । ‘संघमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने हाम्रो रणनीति हो’ उहाँले भन्नुभयो ।
सहकारीपीडितहरुले यसअघि सिंहदरबारअगाडी हनुमानस्थानमा पनि धर्ना दिएका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नमुना महिला विकास साकोस एक्सेस् कार्यक्रममा आवद्ध
सामुदायिक साकोसको ११ औं सेवा केन्द्र
सञ्‍चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम
प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित