थाइल्याण्ड नेपाली सङ्घले माझीवस्तीमा ४६ घर बनाइदिने


houseमेलम्ची, ७ असार । थाइल्याण्ड नेपाली सङ्घले मेलम्ची नगरपालिका–१२ आरुबोटेस्थित गाउँमा नमुना माझी वस्ती निर्माण गरिदिने भएको छ । सङ्घले उक्त वस्तीमा भूकम्प प्रतिरोधी ४६ घर, एक सामुदायिक भवन, एक प्राथमिक स्वास्थ्य केन्द्र, घरैपिच्छे शौचालय र खानेपानीका धारा निर्माण गरिदिने थाइ नेपाली सङ्घका केन्द्रीय उपाध्यक्ष कुमार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाले प्रतिघर निर्माणका लागि रु दुई लाख ५० हजार खर्च गर्ने जानकारी दिँदै माझी वस्तीलाई नमुना वस्तीको रुपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो । अहिले उक्त वस्तीमा गत वैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि भत्केका संरचना पन्छाउने कार्य भइरहेको सङ्घका प्राविधिक सल्लाहकार नारायण दुलालले जानकारी दिनुभयो । भूकम्पबाट उक्त गाउँमा मात्र पाँचजनाको मृत्यु भएको थियो भने घरगोठसहित ६५ घर पूर्णरुपमा ध्वस्त भएका थिए । रासस


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान
धनुषामा साकोसहरुका लागि वार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिम सञ्चालन
सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न