तरकारीबाट राम्रो आम्दानी


तनहुँ, असार ८ । पढाईसँगै तरकारी खेती गरेपनि यहाँका युवाहरुको जीवनस्रतमा सुधार देखिन थालेको छ । एक वर्षदेखि व्यवसायीक तरकारी उत्पादन शुरु गरेपछि उनीहरुको जीवनमा परिवर्तन देखा पर्न थालेको हो ।
तनहुँ पुर्कोट गाविस ३ का २२ वर्षीय किसान श्रेष्ठ कालिका उच्च माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनसँगै तरकारीमा लगानी गरी आत्मनिर्भर भएका छन् । श्रेष्ठ गाउँघरमै बसेर तरकारी खेती गर्दा आत्मसन्तुष्टि मिलेको बताउँछन् ।
तरकारी खेतीका लागि हालसम्म ३ लाख रुपैयाँ लगानी भइसकेको उनले बताए । तरकारी खेतीका लागि बाबु विष्णुकुमार श्रेष्ठले समेत सघाउँदै आएका छन् । परिवारको पूरा साथ पाएको भन्दै श्रेष्ठले कृषिमा नै केही गरौं भन्ने उद्देश्य रहेको बताए । ‘साथिभाई विदेश गएको देख्दा दुःख लाग्छ,’ उनले भने, ‘चाहना हुने हो भने गाउँमै बसेर समेत केही गर्न सकिन्छ ।’
श्रेष्ठले ६ रोपनी क्षेत्रफलमा गोलभेडा, काउली र लहरे खेती गरेका छन् । उनले इजरायली प्रविधि मार्फत् गोलभेडा उत्पादन गर्ने गरेका हुन् । प्लाष्टिक मलचिङ र थोपा सिँचाई खेती प्रविधि मार्फत् गोलभेडा खेती गर्दा चिस्यान कामय राख्न सहयोग पुग्ने र उत्पादनमा समेत वृद्धि हुने श्रेष्ठले बताए ।

तरकारी खेती शुरु गरेदेखि हालसम्म उनले ९ सय किलो गोलभेडा बिक्री गरीसकेका छन् । ४० रुपैयाँका दरले बिक्री गर्दा ३६ हजार रुपैयाँ आम्दानी भएको उनले बताए ।

श्रेष्ठलाई तरकारी खेतीका लागि जिल्ला कृषि विकास कार्यालय तनहुँले ४० हजार रुपैयाँ अनुदान दिएको छ । युवालाई स्वदेशमै परिचालन गरी कृषि पेशामा आकर्षित गराउने उद्देश्यले युवा लक्षित व्यावसायीक तरकारी खेती उत्पादन कार्यत्रम अन्तर्गत श्रेष्ठलाई अनुदान दिइएको वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्रकुमार मल्लले बताए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान
धनुषामा साकोसहरुका लागि वार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिम सञ्चालन
सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न