मौरीपालनतर्फ आकर्षित हुदैँ युवाहरु


काँकडभिट्टा, असार ९ । झापाको पूर्वोत्तर तथा हात्ती प्रभावित गाविस बाहुनडाँगीका युवा यतिखेर व्यावसायिक मौरीपालनतर्फ लागेका छन् ।

नेपाल सरकारको युवा लक्षित कार्यक्रम अन्तर्गत जिल्ला कृषि विकास कार्यालयबाट अनुदान स्वरुप प्राप्त प्रति व्यक्ति रु दुई लाखको अनुदान पाएपछि युवा मौरीपालनतर्पm लागेका हुन् । बाहुनडाँगी–५ का ३५ वर्षीय सुजन चाम्लिङ र ३० वर्षीय सन्देश राईले संयुक्त रुपमा व्यवसायिक मौरीपालन सुरु गरेका छन् । उनीहरुले यतिबेला व्यावसायिक रुपमा ४० घार मौरीपालेका छन् ।

यसैगरी बाहुनडाँगी—५ स्याङल्याङटारका ३७ वर्षीय झलक राईले पनि झापाकै शान्तिनगरको सुनमाईमा मौरीपालन सुरु गरेका छन् । उनले शान्तिनगरमा २० घार मौरीबाट व्यवसाय सुरु गरेका छन् । वैशाख १ गतेबाट सुरु गरेको यो व्यवसायले असोजदेखि जेठ महिनासम्म मात्र आम्दानी दिने उनीहरुको भनाइ छ । व्ययसाय राम्ररी फस्टाए एक घार बराबर ८० देखि १०० किलोसम्म मह वार्षिक रुपमा उत्पादन हुने झलक राई बताउँछन् ।

उनीहरुले पालेका मौरी स्थानीयस्तरमा पाइने खालका नभई उन्नत् जातका रहेका छन् । एपिस, मेलिफेरा कर्निकाजातका रुसका मौरी उनीहरुले पालेका छन् । रुसमा नश्ल सुधार गरिएका मौरीको जात पनि यहाँ भएको बताइन्छ ।

“यसबाट आम्दानी लिने मुख्यः कुरा उसको चरन हो” सन्देश राई भन्छन्— “सबै भन्दा पहिला मौरी चरन क्षेत्रको उचित व्यवस्थापन गर्नुपर्छ ।” मौरीको आहारका प्रमुख स्रोत रस आउने खाध्य वस्तु आवश्यक पर्ने भएकाले उनीहरुले सुपारी र केराखेतीका बीचमा घार राखेर मौरीपालन सुरु गरेका हुन् ।

चरन क्षेत्रको अभावमा यसक्षेत्रमा सोचे अनुसारको आम्दानी नहुने उनीहरु बताउँछन् । मौरीले मन पराउने सूर्यमुखी, चिउरी, तोरी, फापर केरा, सीसाँै, इस्कुस, अलँैची, वा फूलफूल्ने वनस्पति यसका मुख्य आहारका स्रोत भए पनि बाहुनडाँगीमा यसको अभावका कारण सोचेअनुसार उत्पादन नदिने उहाँहरु बताउनुहुन्छ ।

बाहुनडाँगीमा व्यावसायिक रुपमा किसानले मौरीपालन व्यवसाय सुरु गरेपछि चरनको अभाव हुन नदिन विविध काम गरिने बताइएको छ । मौरी व्यवसायलाई प्रबर्धन गर्ने उद्देश्यले इलामको जिर्मले गाविसको ८ र ९ वडाको हात्तीखर्क सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मणिकुमार ढुङ्गाना वनक्षेत्रभित्र चिउरीको बिरुवा, पुष्प, तोरीलगायतकाखेती विस्तार गर्ने बताउनुहुन्छ । मौरीलाई चरनको अभाव हुन नदिन यस्ताखेती गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

बाहुनडाँगीका अगुवा कृषक पूर्णबहादुर खड्का अहिले जुन ठाउँमा व्यवसायिक मौरीपालन सुरु गरिएको छ त्यो विषादीरहित क्षेत्र भएकाले व्यवसाय फस्टाउनेमा ढुक्क भएको बताउनुहन्छ । गत चैत १८ देखि २३ गतेसम्म जिल्ला कृषि विकास कार्यालयले आयोजना गरेको मौरीपालन सम्बन्धी ६ दिने तालिम लिएपछि पहिलो पटक गाविसमै व्यवसायिक रुपमा मौरीपालन व्यवसाय सुरु गरेको उहाँहरुको भनाइ छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने