तातोपानी नाकाको कारोबार प्रभावित, अब रसुवा नाका खोलिने


काठमाडौँ, ९ असार । भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि रसुवा नाकाबाट कारोबार अघि बढाइने भएको छ ।

व्यवस्थापिका संसद कृषि तथा जलस्रोत समितिको आज सिहदरबारमा बसेको बैठकमा अर्थमन्त्रायका राजस्व सचिव नवराज भण्डारीले सो कुराको जानकारी दिनुभएको हो । सभासद् अमृतकुमार बोहराले भूकम्पका कारण तातोपानी नाका बन्द हुँदा दैनिक करोडाँैको कारोबारमा प्रत्यक्ष प्रभाव परेको र सयाँै कन्टेनर अझै पनि खासामा अलपत्र परेको छ भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएपछि उहाँले सो जानकारी दिनुभएकोे हो ।

समितिका सभापति गगन थापाको अध्यक्षमा बसेको सो बैठकमा सचिव भण्डारीले तातोपानीस्थित नेपालको सीमामा रहेका केही कन्टेनर स्कर्टिङ गरेर ल्याइएको तर सीमापारी भने अझै ५०० कन्टेनर रोकिएको बताउनुभयो । नाका खुलाउन नेपाल सरकार तयार भए पनि चिनियाँ पक्षले केही प्राविधिक समस्या देखाएकाले काम अघि बढ्न नसकेको उल्लेख गर्दै उहाँले तत्कालै सो नाका खुला गर्न सक्ने स्थिति नदेखिएकाले आगामी दसँैका लागि रसुवा नाकाबाट कारोबार अघि बढाउने तयारी भएको जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
कार्यसम्पादन शैली नवसृजनामा रुपान्तरित गर्न क्षमता विकास तालिम आवश्यक
पर्यटन सहकारीको रणनैतिक योजना निर्माण
आठ साकोस नेफ्स्कूनको प्रोवेसन कार्यक्रममा आवद्ध