जिल्लामै उत्कृट सहकारी सामुदायिक विद्यालय


यसबर्षको प्रबेसिका परिक्षाको नतिजा अनुसार बाराको यस बिध्यालयले जिल्लामै उत्कृष्ट अंक प्राप्त गरेको छ । राष्टिय बिभुति सामुदायिक शिक्षा सदनका छात्र छात्राले जिल्लाभरिमै उत्कृष्ट अंक ल्याई प्रथम स्थान हासिल गरेका छन् ।

यस शिक्षा सदनबाट छात्र तर्फ दर्पण सापकोटाले ९०.८२ प्रतिशत र छात्रा तर्फ लक्ष्मी कडेलले ९०.२३ प्रतिशत अंक प्रप्तगरी जिल्लामै उत्कृष्ट भएका हुन् ।
यस बिध्यालयबाट ३७ जना छात्र छात्रा परिक्षामा सामेल भएकोमा १५ जनाले बिशिष्ट श्रेणि र २२ जनाले प्रथम श्रेणि हासिल गरेका हुन सफल हुने सबैलाई हार्दिक बधाईका साथ सफल भविष्यको कामना गर्दछु ।

साना किसान कृषि सहकारी संस्थाको मुख्य लगानी र सहकार्यमा संचालित राष्टिय विभुति सामुदायिक शिक्षा सदन डुमरबाना २०५८ देखि ०७२ सम्म संस्थाले कम लागतमा गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि सकृयता पुर्वक समुदायलाई सेवा प्रदान गरिरहेको छ र उक्त विद्यालय बारा जिल्लाको उत्कृष्ट विद्यालयमा विगत धेरै समयदेखि कायम रहदै आएको र अन्तराष्टिय SQC मा सहभागी भई पुरस्कार समेत प्राप्त गरेको र सरसफाई, विद्यार्थी जागरण, तालिम गोष्टी जस्ता विविधि सामाजिक सामुदायिक कार्यक्रमहरु आयोजना गर्ने गरेको छ ।

२०५८ सालमा स्थापना भई संचालित उक्त विद्यालयमा महिलाः २७ पुरुष २५ गरी ५२ जनालाई रोजगारी सिर्जना गरेको छ ।
एस.एल.सी.सहभागी वर्षः (०६४मा १०), (०६५ मा ११), (०६६ मा १५), (०६७ मा २४), (०६८ मा २६) (०६९ मा ३५) (०७० मा ३५), (०७१ मा ३७) जम्मा छात्राः ७०, छात्रः १२३ः १९३ विद्यार्थी मध्ये विशिष्ट श्रेणीमा ७२ जना र प्रथम श्रेणीमा ११९ र द्धितिय श्रेणीमा २ जना गरी सतप्रतिशत सफल भएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर