हलैयालाई बरदान सावित


कञ्चनपुर, असार ११ । सहकारीमा आबद्ध भएपछि कञ्चनपुरका मुक्त हलिया परिवारको आर्थिक अवस्थामा सुधार आउन थालेको छ । सहकारीले आर्थिक सहयोग गरेपछि मुक्त कलैयाहरु सात वर्षअघि हलिया मुक्तको घोषणापछि जिल्लाका विभिन्न क्षेत्रमा छरिएर बस्दै आएका हलिया परिवार सङ्गठित हुँदै सहकारीमा आबद्ध भएका हुन् ।
मुक्त हलिया परिवारलाई आर्थिक रुपमा सशक्त बनाउन, बचत गर्ने बानीको विकास गर्न र उनीहरुका बालबालिकाको शिक्षामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय मुक्त हलिया समाजले सहकारी गठन गरी आत्मनिर्भरतातर्फ उन्मुख गराएको हो ।
सहकारीमा आबद्ध भएपछि हलियाले बचत गर्ने, ऋण लिने र त्यसबाट व्यवसाय सञ्चालन गरी सहज जीवनयापन गर्न थालेका छन् । भीमदत्त नगरपालिका वडा नं– ८, ९ र १० तथा सुडा गाविस– ५ मा सहकारी संस्था गठन गरिएका छन् । चारवटै सहकारी संस्थामा पाँच सय बढी मुक्त हलिया परिवार आबद्ध रहेका छन् । सहकारीमा आबद्ध परिवारले मासिक रुपमा रकम बचत गर्ने र बचत रकम आयआर्जन हुने कार्यका लागि परिचालन गर्दै आएका छन् ।
संस्थामा आबद्ध सदस्यले मासिक रुपमा ५० का दरले बचत गर्दै आएका छन् । उनीहरु आबद्ध सहकारीमा बचत रकम दुईदेखि तीन लाखसम्म पुगेको छ । यसबाट कुखुरा, बाख्रा, भैँसीपालन, तरकारीखेती, खुद्रा पसल, फर्निचर र सिलाइ कटाइको कार्य सञ्चालन गरेका छन् ।
‘आर्थिक अवस्था कमजोर रहेका कारण विगतमा सानोतिनो खर्चका लागि साहुकहाँ कर्जाका लागि धाउनुपथ्र्यो’ सुडा– ५ का मुक्त हलिया ख्याउटे दमार्इंले भने, ‘सहकारीमा आबद्ध भएपछि सहज भएको छ ।’ छोराछोरीको विवाह, औषधि उपचार गर्न र घरायसी गर्जो टार्नका लागि सहकारीले निकै सघाउ पु¥याएको भीमदत्तनगरपालिका– १० का मुक्त हलिया पदमबहादुर ओडले बताए ।
ती सहकारी संस्थाबाट हालसम्म ८५ पुरुष र २३ महिलाले रु छ लाख ३६ हजार ऋण लिएका छन् । जिल्लामा एक हजार ३३३ परिवार मुक्त हलिया रहेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान
धनुषामा साकोसहरुका लागि वार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिम सञ्चालन
सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न