सहकारी प्रबर्धनका लागि संचार अत्यावश्यक


काठमान्डौ, असार १३- नेशनल कोअपरेर्टस एलाईन्स काठमान्डौ क्षेत्र नं ८ को आयोजनामा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ‘सहकारी र संचार’ विषयक छलफल तथा नेशनल कोअपरेर्टस एलाईन्सको गत शनिबार सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट नवनियुत्त पदाधिकारीलाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो । कार्यक्रममा सुचना चौतारी संचार सहकारीका अध्यक्ष विपिन शर्माले सहकारी विकासको लागि संचार अपरिहार्य रहेको बताउनुभयो । नेपालमा सहकारी अभियान २०१३ सालबाट सुरुभएतापनि संचार , शिक्षा र आवश्यक तालिमका अभावले गर्दा अभियानले सोचे अनुरुपको उचाई नलिएको बताउँदै उहाँले भन्नुभयो , “संचार यस्तो एउटा कडी हो जसले हरेक कुराको प्रवद्र्धन गर्छ तसर्थ संचारको आवश्यकता हरेक क्षेत्रमा छ” । अझ सहकारी जस्तो सदस्य केन्द्रित संस्थामा त यसको विशेष महत्व रहेकोे उहाँले औंल्याउनुभयो । सहकारीले पनि धेरै ठुला र महत्वपुर्ण कामहरु गरेको तर संचारकै अभावमा सहकारीले गरेका कामहरु बाहिर नआएको बताउँदै अब सहकारीकर्मीहरुले संचारको आवश्यकतालाई नजरअन्दाज गर्न नहुने उहाँको भनाई थियो ।

upasana1
कार्यक्रममा नेशनल कोअपरेर्टस एलाईन्स नेपालका नवनियुत्त अध्यक्ष डिल्लीराम तिवारीले सहकारी क्षेत्रमा पनि प्रजातान्त्रिक धारमा आस्था राख्नेहरु यथार्थमा पछि नभएको तर संचारको महत्वलाई कम आँक्नाले देशैभरि रहेका प्रजातान्त्रिक धारमा आस्था राख्ने साथीहरुले संचालन गरेका सहकारी संस्थाहरुको डाटा संकलन तथा एकअर्कासंग परिचित नहुनाले एकताको कमी हुन गई सहकारी क्षेत्रमा वामपन्थि हावी भएको बताउनुभयो । नेपालमा सहकारीको ओरिजिन काङग्रसबाटै सुरुभएको तर डेमोक्रेटर्सहरु सुचनाको मामिलामा पछि रहेको बताउँदै अब सम्पुर्ण डेमोक्रर्टस साथीहरुले संचारको महत्वलाई मनन गर्दै सहकारी क्षेत्रमा आफ्नो साख बढाउनतिर लाग्न आग्रह समेत गनर्भुयो ।

upasana2
कार्यक्रमका प्रमुख अतिथी तथा नेपाली काङग्रसका सभासद नविन्द्रराज जोशीले नेशनल कोअपरेर्टस एलाईन्सका नवनियुत्त पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै नवनियुत्त पदाधिकारीलाई संचारको महत्वलाई आत्मसात गर्दै संचारजगतसँग सहकार्य गरेर अगाडि बढन सुझाव दिनुभयो ।

upasana3


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?