एसियन इन्फ्रास्टक्चर इन्भेष्टमेन्ट बैंकको विधानमा ५० देशको हस्ताक्षर


आगामी अक्टोबरबाट सञ्चालनमा ल्याउने तयारी भैरहेको एसियन इन्फ्रास्टक्चर इन्भेष्टमेन्ट बैंकको विधान (आर्टिकल अफ एग्रिमेन्ट) मा ५० मुलुकका अर्थमन्त्रीहरुले बोइजिङमा हस्ताक्षर गरेका छन । अन्य सात मुलुकले आफ्नो मुलुकबाट संस्थापक बन्ने प्रस्ताव पारित गर्न बाँकी रहेको जनाइएको छ । नेपालको तर्फबाट अर्थमन्त्री डा रामशरण महतले सो विधानमा हस्ताक्षर गर्नुभयो ।
ग्रेट हल अफ द पिपलमा आयोजित विशेष समारोहका बीच पाँचै महादेश अन्तर्गत ५७ देशका अर्थमन्त्रीहरुले सो विधानमा हस्ताक्षर गरेका हुन । अर्थमन्त्रीले नै हस्ताक्षर गर्नुपर्ने भएकोले नेपालको तर्फबाट हस्ताक्षर गर्न अर्थमन्त्री डा महत आइतबार बेइजिङतर्फ प्रस्थान गर्नुभएको थियो । एसियाको पूर्वाधारको क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ स्थापित यस बैंकको नेपाल पनि संस्थापक सदस्य रहेको छ ।
अर्थमन्त्री डा महतले विभिन्न देशका अर्थमन्त्रीहरुसँग भेटवार्ता गर्नुभयो । अर्थमन्त्री डा महत मंगलबार स्वदेश फर्किने कार्यक्रम रहेको छ । नेपाली टोलीमा अर्थमन्त्रालयका अधिकारीहरु पनि सहभागिता रहेको छ ।
अनुमानित १ सय अर्ब डलर सेयर पुँजी रहने यस बैंकको प्रारम्भिक चुक्ता पुँजी २० डलरबाट शुरु हुने जनाइएको छ । नेपालले यस बैंकमा एक अर्ब ६० करोड रुपैयाँ लगानी गर्नेछ । बैंकमा चीनको करिव ३० प्रतिशत, भारतको करिव ८.४ प्रतिशत, रसियाको ६.५ जर्मनीको ४.५, फ्रान्सको ३.४, ब्राजिलको ३.२ प्रतिशत सेयर रहनेछ । प्रतिशत सेयरभन्दा पनि साना मुलुकको आवाजलाई बलियो बनाउन बढी मताधिकार दिइने जनाइएको छ । कर्जा प्रवाहमा प्रक्रियागत सरलीकरण गरी विद्यमान विश्व बैंक तथा एसियाली विकास बैंकभन्दा छुट्टै पहिचान कायम गर्ने र यसले साना मुलुकहरुलाई फाइदा पुग्ने जनाइएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रणनीति योजना तर्जुमा तालिम सम्पन्न
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक
सहकारीको नियमन गर्ने अधिकार सरकारको