सहकारी चोर्ने पक्राउ


 काठमाडौं । सभूकम्पको मौका छोपी ससहकारीबाट नगद चोरी गर्ने पक्राउ परेका छन् ।

सामाखुशी चोकमा अवस्थित जनमिलन सहकारी संस्थाबाट नगद सात लाख एक सय ७० रुपैंया र सुनका विभिन्न गरगहना ४३ तोला भएको सेफ चोरी गर्ने तीन जना अभियुक्त पक्राउ परेको प्रहरीले जनाएको छ ।

अभियुक्तले भूकम्पको भोलीपल्ट असार १३ गते चोरी गरेका थिए । पक्राउ पर्नेमा नुवाकोट, ९ भाल्चे स्थाई ठेगाना भई हाल सामाखुशी बस्ने मेक लाल तामाङ्ग, काठमाडौं टोखा ४ झोरका सुनिल तामाङ्ग र नवलपरासी प्रगतीनगर ९, कुनाघाट स्थाई गर भई हाल सामाखुशी बस्ने वाहुन भन्ने मनिराज काफ्ले रहेको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।

चोरीएको सेफ टोखा २ शिवपुरी जङगलमा लगी सेफ भित्र रहेको धनमाल लिई फोडिएको सेफ वौडेपानी मुहानको दहमा लुकाई राखेको अवस्थामा महानगरीय अपराध महाशाखाले बरामद गरेको हो ।

साथै उक्त घटनामा संलग्न सुनिल तामाङ्ग यस अघिनै अपराध महाशाखाले पक्राउ गरी अवैध हातहतियार तथा खरखजाना मुद्धामा अनुसन्धान भईराखेको र अर्का अभियुक्त वाहुन भन्ने मनिराज काफ्ले ज्यान मार्ने उघोग तथा हातहातियार खरखजाना मुद्धामा चितवनमा पक्राउ भईअनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।

घटनाको थप अनुसन्धान तथा फरार रहेका अभियुक्तको खोजी कार्य जारी रहेको महाशाखाबाट जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने