निश्क्रिय सहकारीको दर्ता खारेज हुने


ललितपुर । ललितपुरमा सञ्चालित निश्क्रिय रहेका सहकारीको दर्ता खारेज हुने भएको छ । डिभिजन सहकारी कार्यालय ललितपुरले हालै सूचना प्रकाशित गरेर दर्ता खारेज गर्ने प्रक्रियामा लगेको छ ।
सूचना प्रकाशित भएर पनि सम्र्पकमा नआउने सहकारी खारेजीमा पर्ने छन् । ती सहकारी संस्थाहरुले सहकारी ऐन स्वीकृत विनिमय, संस्था संचालनको लेखा परीक्षण र साधारणसभा समेत नगरेको फेला परेपछि दर्ता खारेजीको तयारी थालिएको हो ।
खारेज सुचीमा परेका सम्पुर्ण सहकारीहरुले ३५ दिनभित्र नियमित कारोबारको लेखाा परीक्षण र बार्षिक साधारणसभा गरेको प्रमाण सहित पेश नगरे सुचिकृत सहकारीहरु स्वतः खारेज हुने सहकारी डिभिजन ललितपुरले प्रकाशित गरेको सुचनामा उल्लेख गरिएको छ ।
डिभिजन सहकारी कार्यालयले सिलोटी बचत तथा ऋण सहकारी, द राइजिङ बचत तथा ऋण सहकारी, गंगा जमुना बचत ऋण तथा सहकारी, साथिभाई बचत तथा ऋण सहकारी, सहमति महिला बचत तथा ऋण्म सहकारी दर्ता खारेजीको सूचीमा छन् ।
त्यस्तै मारुती बचत तथा ऋण सहकारी, नयाँ तारा बचत तथा ऋण सहकारी, शिखर बहुउद्देशीय सहकारी, शंखु प्राङ्गरिक कृषि सहकारी, बसुन्धारा बचत तथा ऋण सहकारी, इलम बहुउद्देश्यीय सहकारी, बागमती सामुदायिक बिद्युत सहकारी, सिप विकास बहुउद्देश्यीय सहकारी, सिद्धी गणेश महिला कृषि सहकारी, दर्ता खारेजीको सूचनीमा परेका छन् । श्रोत परिचालन बहुउद्देशिय सहकारी,न्यु डाँफे बहुउद्देशिय सहकारी, विशाल कान्तिपुर बचत तथा ऋण सहकारी, बालकुमारी बचत तथा ऋण सहकारी,पिनाकल बचत तथा ऋण सहकारी, भुङ्गेश्वर उपभोक्ता सहकारी, जनभावना बचत तथा ऋण सहकारी, जनकल्याण दुग्ध सहकारी, काली सेतिदेवि दुग्ध उत्पादक सहकारी, श्रीराम बहुउद्देशिय दुग्ध उत्पादन सहकारी, सिद्धिदेवि दुग्ध उत्पादन सहकारी, बतासेडाडा दुग्ध उत्पादन सहकारी, बहुकरण दुग्ध सहकारी संस्था खारेजीको सूचीमा रहेको डिभिजन कार्यालयले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?