संसदमा अध्यादेशबारे छलफल


काठमाडौ, असार १७ । सहकारीको समस्या समाधान गर्न केही समयअघि ल्याइएको अध्यादेश व्यवस्थापिका संसदमा छलफल शुरु भएको छ ।व्यवस्थापिका–संसद्को बुधबारको बैठकमा सहकारी (दोस्रो संशोधन) अध्यादेश, २०७१ प्रस्तुत भएको छ । प्रधानमन्त्री एवं सहकारी तथा गरिबी निवारणमन्त्री सुशील कोइरालाका तर्फबाट कानुन, न्याय, संसदीय मामिला तथा संविधानसभा मन्त्री नरहरि आचार्यले सहकारी अध्यादेश संसदमा प्रस्तुत गरेका हुन् ।

राष्ट्रिय सहकारी संघको बिरोधको बाबजुत पनि सरकारले अध्यादेशको छलफल चलाएको हो । अध्यादेशमार्फत समस्याग्रस्त सहकारीको समस्या समाधान गर्ने सरकारको तयारी छ । अध्यादेश संसदमा प्रस्तुत गरेको ६० दिन भित्र पारीत गरिसक्नु पर्ने वैधानिक प्रावधान छ ।

सरकारले गत बैशाख २४ देखि शुरु भएर ३० बैशाखमा अन्त्य गरिएको विशेष अधिवेशनमा यि अध्यादेश प्रस्तुत गरेन । त्यहि अधिवेशनमा प्रस्तुत गर्ने तयारी गरिएपनि सत्तारुढ दल एमालेको असहमति पछि प्रस्तुत गरिएको थिएन । एमालेले सहकारी सम्बन्धि विधेयकको मस्यौदा तयार रहेकाले अध्यादेश मार्फत शासन गर्न नहुने तर्क गरेका थिए ।

करिब एक महिनापछि मात्र अध्यादेश पारित गर्ने सरकारले तयारी गरेको छ । ऋयादेश ल्याएको भन्दै सहकारीकर्मीले सहकारीकर्मीको मर्म र भावनाविपरित ऐन ल्याएको भन्दै खारेज गर्न माग गरेक थिए ।

सरकारले यही २०७१ चैत्र २९ गते अध्यादेशमार्फत सहकारी ऐन २०४८ को दोस्रो संशोधन गरेकोमा सम्पूर्ण सहकारी संघसंस्थाको अभिभावक निकाय यस संघको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने