समुदायमा आधारित र उत्पादनकेन्द्रीत सहकारीलाई करमुक्त क्षेत्र बनाउन माग


चन्द्रपुर, असार १८ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलले सहकारीलाई संविधानको पहिलो मसौदामा सहकारी क्षेत्रलाई प्राथमिकता दिएकोमा खुशी व्यक्त गर्दै सहकारी क्षेत्रको पूंजी, संगठन, सीप र सम्भावनालाई राष्ट्रिय विकासमा जोडन सहकारीकर्मीहरुले ध्यान दिनुपर्ने बताउनु भएको छ । आज रौतहटको चपुरमा तीन दिने वार्षिक योजना तथा बजेट तालीमलाई समापन गर्दै खुशी व्यक्त गर्नुभएको हो । सार्वजनिक, सहकारी र निजी क्षेत्रको सहभागिता र स्वतन्त्र विकासमार्फत राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ गर्ने भनिएको छ । पौडेलले सहकारीलाई सम्वैधानिक रुपमा सम्वोधन गर्ने संविधानसभा र राजनीतिक दलहरुप्रति कृतज्ञता व्यक्त गर्दै कानून, नीति र कार्यक्रम सहकारीमैत्री बनाउन मांग गर्नुभएको छ । सहकारीले स्थानीय अर्थतन्त्रलाई गतिशिल र सुदृढ बनाउन निर्वाह गरेको भूमिकालाई सम्मान गर्दै समुदायमा आधारित र उत्पादनकेन्द्रीत सहकारीहरुलाई करमुक्त क्ष्ँेत्र घोषणा गर्न पौडेलले आग्रह गर्नुभएको छ । पौडेलले सहकारीहरु वार्षिक बजेट र कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरे धेरै हदसम्म सुशासन कायम हुन सक्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै नेफ्स्कून सञ्चालक दामोदर अधिकारीले सहकारीहरुलाई नीति र विधिमा हिडाउन जरुरी रहेको बताउदै नेफ्स्कूनले नीतिगत केन्द्रीयता र सञ्चालन स्वायत्तताको आधारमा व्यवस्थित र प्रभावकारी बनाउन लागिरहेको बताउनुभयो । अधिकारीले बचत तथा ऋण सहकारीहरुको क्षमता विकास र स्तरीकरणका लागि ध्यान दिई रहेको र तालीमहरुको प्रवद्र्धन गरिरहेको बताउनुभयो ।

रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष खडग बमजनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सर्लाही जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बाबुराम घिमिरे, उपाध्यक्ष हरेन्द्र रावत, नेफ्स्कून हरिवन कार्यालय उपसमितिका सदस्य बिभु पोखरेल, सहकारीकर्मीहरु सारदा शाही र सुधीरकुमारलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण नेफ्स्कून कर्मचारी बिन्दा भट्टराईले गर्नुभएको थियो ।

मध्यतराईका छ जिल्लाहरुबाट ४५ जनाको सहभागिता रहेको तालीमका सहभागीहरुलाई प्रमुख अतिथि नेफ्स्कून सञ्चालक कृष्ण पौडेलले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सञ्‍चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम
प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित
सहकारी अभियानका शीर्ष व्यक्तित्वलाई सम्मान घोषणा
सहकारी अध्ययन अवलोकनमा सिवाईसी साकोस