त्रियानब्बेऔंँ अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइयो


ललितपुर, १९ असार । राष्ट्रिय सहकारी सङ्घ लिमिटेडको आयोजनामा आज भव्यताका साथ ९३ औ अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको छ ।

सो दिवससँगै २१ औं संयुक्त राष्ट्र सङ्घ अन्तर्राष्ट्रिय सहकारी दिवस एवम् २२ औँं राष्ट्रिय सहकारी सङ्घ दिवस समेत सङ्घले मनाएको हो ।  राष्ट्रिय सहकारी सङ्घ लिमिटेडका सञ्चालक तथा सञ्चार संयोजक चन्द्र ढकालका अनुसार उक्त अवसरमा उत्कृष्ट सहकारी पुरस्कार २०७१ बाट मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडलाई पुरस्कृत गरिएको छ । यसैगरी उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७१ तर्फ श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ललितपुर, नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड झापा, ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड नवलपरासी, कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जाजरकोट र महिला जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड मकवानपुर पुरस्कृत भएका छन् ।

यसैगरी सहकारी सङ्घ सुदृढीकरण तर्फ जिल्ला सहकारी सङ्घ लिमिटेड सुनसरी, जिल्ला सहकारी सङ्घ लिमिटेड धनकुटा, जिल्ला कृषि सहकारी सङ्घ लिमिटेड प्यूठान, जिल्ला कृषि सहकारी सङ्घ लिमिटेड इलाम, जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड सर्लाही र जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड पाँचथरले कार्यालयमा प्रयोग हुने उपकरण प्राप्त गरेका छन् ।

उत्कृष्ट सहकारीलाई पुरस्कृत गर्दै अर्थमन्त्री डा। रामशरण महतले सहकारीको भावनाले गर्दा नै मुलुकमा गएको भूकम्पको सामना गर्न सकिएको बताउनुभयो । पीडामा रहेका नेपालका नागरिकलाई सहयोग गर्न सहकारीकै भावना अनुरूप अन्तर्राष्ट्रिय जगतबाट सहयोग आएको उहाँले उल्लेख गर्नुभयो ।

भूकम्पकै कारण लाखाँैं घर ध्वस्त भएकाले तिनको पुनःनिर्माण कार्यको थालनी छिट्टै गरिनुपर्नेमा उहाँको जोड रहेको थियो ।

पुनःनिर्माणमा जानु भन्दा पहिले राज्यले भूकम्पप्रतिरोधात्मक विभिन्न प्रकारका घरको नमुना दिने र सो अनुसार निर्माण गर्नु उपयुक्त हुने उहाँले बताउनुभयो ।

सङ्घका सल्लाहकार एवम् पूर्वमन्त्री गणेश साहले सहकारी मार्फत स्थानीय तहमा प्राविधिक शिक्षा दिनका लागि सहकारीले अग्रणी भूमिका खेल्नुपर्ने बताउनुभयो ।

सरकारका मुख्य सचिव लिलामणि पौड्यालले भूकम्पछिको पुनःनिर्माणका क्रममा धनी र गरिबबीचको खाडललाई ध्यानमा राखी समान रूपमा सहयोग पु¥याउनु पर्नेमा जोड दिनुभयो ।

पूर्व गर्भनर डा युवराज खतिवडाले सहकारीको माध्यमबाटै लक्षित वर्गसम्म सहयोग पु¥याउन सकिनेमा विश्वास व्यक्त गर्नुभयो ।

सङ्घका अध्यक्ष एवम् सांसद केशव बडालले देशभरि रहेका सहकारी संस्थाले सामुदायिक हितका लागि काम गरिरहेको बताउनुभयो । उहाँले भूकम्पपीडितलाई सहकारीको माध्यमबाट सहयोग पु¥याउने काम भइरहेको उल्लेख गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले पठाउनु भएको सन्देशमा नेपाल सरकारले सहकारी क्षेत्रलाई जहिले पनि आर्थिक विकासको बलियो स्तम्भ मानिएको बताउँदै भूकम्पपछिको समयमा सहकारीको महत्व अझै बढेको उल्लेख गरिएको छ ।

यसैगरी मुलुकको पुनःनिर्माणको लागि स्थानीय तहको सहकार्य आवश्यक रहेको भनी प्रधानमन्त्रीले पठाउनुभएको सन्देश सुनाइएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर