संस्थाद्धारा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना
काठमान्डौं। असार १९- संविधानसभा सदस्य तथा नेपाली काङग्रेसका सभासद दिपक प्र. कुइकेलले सहकारी र लोकतन्त्रलाई एकअर्काबाट छुट्याउन नमिल्ने बताउनुभएको छ । हजुरको त्रिवेणी साकोसको आयोजनामा सम्पन्न नेशनल कोअपरेर्टस एलाईन्स, नेपालको प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारीलार्य बधाई ज्ञापन एंव सम्मान कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो । सहकारी र लोकतन्त्र दुवैमा प्रचुर मात्रामा स्वायत्तता र स्वतन्त्रताको उपयोग हुने हुनाले यी दुईलाई छुट्याएर हेर्न नहुने उहाँको तर्क थियो । नेशनल कोअपरेर्टस एलाईन्स, नेपालका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उहाँले भन्नुभयो “सहकारीले जनता र सरकारको बीचमा एउटा पुलको भुमिका निर्वाह गरिरहेको छ” । सरकार सीधै गाउँसम्म नपुग्ने र निजी क्षेत्रपनि गाउँसम्म नपुगिरहेको अवस्थामा सहकारी ग्रामीण भेगमा जनाताको सारथी बनीरहेको र स्थानिय सरकारको भुमिका निर्वाह गरिरहेको उहाँले बताउनुभयो । सहकारीले प्रत्यक्ष आर्थिक र विकाससँग सम्बन्ध राख्ने हुनाले ग्रामीण भेगमा सहकारी स्थानीय माझमा एकदमै लोकप्रिय रहेको र वामपन्थिहरुले यसलाई राजनितिक दाउपेचमा प्रयोग गरिरहेकाले अब कांग्रेसले पनि सहकारीबाट धेरै समय टाढा रहेर बस्न नहुने उहाँले अौल्याउनु भयो।
कार्यक्रममा नेशनल कोअपरेर्टस एलाईन्स, नेपालका नवनियुक्त अध्यक्ष डिल्लीराम तिवारीले देशमा प्रजातान्त्रिक विचारधारामा विश्वास गर्ने सहकारीकर्मी साथीहरुको कमी नभएको तर नेटवर्किङको कमीले डेमोक्रेर्टसहरु बीच समन्वयको कमी हुन गई यस क्षेत्रमा डेमोक्रटर्सहरु पछाडि परेको बताउनुभयो । सहकारीले नमुना काम गर्नुपर्ने र नेशनल कोअपरेर्टस एलाईन्सले सहकारीलाई नमुना काम गर्न प्रेरित गरी नेपालमा असल सहकारी वातावरणको निर्माण गर्न सहयोग गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा एन.सी.ए. का सचिव सिताराम काफ्लेले सहकारी डेमोक्रेर्टसको घर भएको तर हाल वामपन्थिले त्यसमा कब्जा जमाएकोले , अब नेशनल कोअपरेर्टस एलाइन्सको भुमिका वामपन्थीलाई वर्हिगमन गराउनेमा रहने बताउनुभयो । वामपन्थिहरुले सहकारीको वास्तविक चरित्रलाई प्रहार गरी संगठन विस्तारको प्रमुख अस्त्रको रुपमा प्रयोग गरेका छन्, उहाँले भन्नुभयो “अब हामीले बाटो विराएको सहाकारी अभियानलाई सही बाटोमा ल्याउनुपर्छ” । उहाँले नेशनल कोअपरेर्टस एलाईन्सको स्थापनाले सबै छरिएर बसेका डेमोक्रेर्टस साथीहरु संगठीत भईसकेकाले चाँडै नै नेपालको सहकारी अभियानले सही बाटो समात्ने विश्वास पनि व्यक्त्त गर्नुभयो ।
हजुरको त्रिवेणी साकोसका अध्यक्ष तथा कार्यक्रमका सभापति सनोज भटराईले निर्वाचित पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै सहकारी शिक्षा, सहकारी मर्जरको विषयामा एलाईन्सले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने र्औल्याउनुभयो साथै उहाँले नेपालमा धेरै सहकारीहरु अधारभुत मूल्य र मान्यता भुलेर सहकारीका नैतिक आचारण नै भुलिसकेको अवस्थामा नेशनल कोअपरेर्टस एलाईन्सले यस विषयमा विशेष खवरदारी गरोस भन्ने अपेक्षा राख्दै आफू एलाईन्सको हरेको पाइलामा सहयोग गर्न तयार रहेको बताउनुभयो ।