नेफ्स्कूनको प्रमुख कार्यकारी अधिकृतमा सापकोटा
काठमाडौं, असार २०। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले प्रमुख कार्यकारी अधिकृतमा शिवजी सापकोटालाईमा नियुक्त गरेकोछ ।
सहकारी क्षेत्रमा १७ वर्ष विभिन्न जिम्मेवारीमा प्रत्यक्ष संलग्न हुँदै आएका सापकोटा नेफ्स्कूनमा विगत २०६३ साल देखि कार्यरत कार्यरत हुनुहुन्थ्यो ।
उहाँले समाजशास्त्रमा स्नातकोत्तर, अंग्रेजी भाषामा स्नातक गर्नुभएको छ । त्यस्तै जनप्रशासनमा स्नातकोत्तर गर्र्दै हुनुहुन्छ ।
बचत तथा ऋण सहकारी संस्थाको विकासका लागि एशियाली ऋण महासंघ, थाइल्याण्डबाट सञ्चालित विकास प्रशिक्षकको उपाधि प्राप्त सापकोटाले यस क्षेत्रमा दर्जनौ अन्तराष्ट्रिय तालिम, कार्यशाला तथा अवलोकनहरुमा भाग सहभागी भइसक्नुभएको छ ।