लालीगुरास बहुउद्धेश्यीय सहकारी संस्थालाई ०७१ सालको उत्कृष्ठ सहकारी व्यवसाय पुरस्कार


ललितपुर । पुल्चोक स्थित श्री लालीगुरास बहुउद्धेश्यीय सहकारी संस्थालाई ०७१ सालको उत्कृष्ठ सहकारी व्यवसाय पुरस्कार प्रदान गरिएको छ ।

९३ औं अन्तराष्ट्रिय २१ औं संयुक्त राष्ट्र संघ अन्तराष्ट्रिय सहकारी दिवस तथा २२ औ राष्ट्रिय सहकारी संघ दिवसको अवसरमा सो सहकारीलाई उत्कृष्ठ सहकारी व्यावसायी पुस्कार प्रदान गरिएको हो । देशभर बाट छनौट भएका सहकारीहरु मध्यबाट सो सहकारी लाई उत्कृष्ठ पुरसकार प्रदान गरिएको हो । सरकारलाई झण्डै साढे ३ करोड रुपिया बराबरको रजश्व बुझाउन सफल सो सहकारीले लाली गुरास अस्पताल एण्ड रिसर्च सेन्टर, लालीगुरास राष्ट्रिय उमावि, चितवनमा डेरी फर्म, जयलालीगुरास इन्भेसमेन्ट एष्ड ट्रेडिङ सेन्टर, भैरवकुञड हाइड्रो पावर संचालन गरेको छ ।

सोही मुल्याङकनको आधारमा सो संस्थालाई सम्मान गरिएको हो । अर्थ मन्त्री डा. रामशरण महतले श्री लालीगुरास बहुउद्धेश्यीय सहकारी संस्थाका कार्यवाहक अध्यक्ष अमरदास श्रेष्ठलाई पुरस्कार प्रदान गर्नुभएको थियो । त्यसैगरी मकवानपुरको जिल्ला दुध्द उत्पादक सहकारी संघ लिमिटेड मकवानपुर, नेपाल बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड मेचीनगर झापा, ग्रामीण वचत तथा ऋण सहकारी संस्था वर्दघाट नवलपरासी, कस्तुर बहुउद्धेश्यीय सहकारी संसथा खलंगा जाजरकोट र महिला जागरण बचत तथा ऋण सहार संस्था लिमिटेड मकवानपुरलाई समेत पुरस्कृत गरिएको थियो ।

पुरस्कार वितरण कार्यक्रमलाई सबोधन गर्दै अर्थमन्त्री डा. महतले शक्तिसाली भुकम्पको चपेटामा परेकालाई सहयोग गरेर सहकारीले उच्च कोटीको कार्य गरेको बताउनुभयो । उहाले नेपालको विकासगर्न सहकारीलाई अघि बढाउनुपर्ने बताउनुभयो । पुर्व गभर्नर युवराज खतिवडाले जोखिमपुर्ण अवस्थामा सहकारीले गरेको कार्य प्रशंसनीय रहेको चर्चा गर्दै विपद् व्यवस्थापनमा सरकारले सहकारीको सहयोग लिनुपर्ने बताउनुभयो । कार्यक्रममा मुख्य सचिव लिलामणी पौडेलले नेपालको आर्थिक विकासको लागि सहकारीले मुख्य भुमिका खेल्नुपर्ने बताउदै अबको दिनमा सहकारीलाई मर्ज गरेर आर्थिक विकास का लागि छिमेकी मुलुकसंग प्रतिस्पर्धा गर्नुपर्ने उल्लेख गर्नुभयो । विकास आत्मकेन्द्रीय सहकारी संघका सल्लाहकार एवं पुर्व मन्त्री गणेश साह, संघका सदस्य रविन्द्र केसी अध्यक्ष एवं सभाषद केशव वडाल लगायतले बोल्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान
धनुषामा साकोसहरुका लागि वार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिम सञ्चालन
सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न