सहकारीप्रति आकर्षण बढ्दै


सिन्धुली, असार २१ । सहकारीप्रति आकर्षण् बढ्दो क्रममा रहेको छ । शहरभन्दा गाउँतिर सहकारीको महत्व बढ्दै गएको छ ।
सहकारी विभागका अनुसार ग्रामीण क्षेत्रमा सहकारी परिचालनले अर्थतन्त्रमा टेपा पुगेको छ ।
उपसचिव विष्णु घिमिरेले नेपालमा १ सय ७६ अर्ब निक्षेप परिचालन भएको बताउनुभयो। उहाँले १६० अर्ब विभिन्न क्षेत्रमा लगानी गरेको जानकारी दिनुभयो ।
९२औं अन्तर्रराष्ट्रिय सहकारी दिवस, २१औं राष्ट्रसंघीय सहकारी दिवस र २२ औं राष्ट्रिय सहकारी संघ दिवसको अवसरमा शनिबार सिन्धुलीमा भएको सहकारी व्यवसाय प्रवद्र्धन र एकीकरण सम्बन्धी अन्तरक्रियामा उपसचिव घिमिरेले ४७ लाख लाख भन्दा बढीले सदस्यता प्राप्त गरेको र ५६ हजार भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको बताउनुभयो । १० लाख भन्दा बढीले अप्रत्यक्ष रोजगारी पाएको उनको भनाई छ ।
कार्यपत्र प्रस्तुत गर्दै घिमिरेले सहकारी व्यवसायको प्रवद्र्धनमा कानूनहरु सहकारीमैत्री नभएको बताए । नीतिनिर्माताहरु सहकारीप्रति सकारात्मक नभएको र सहकारीको नाममा व्यक्तिगत व्यवसाय फष्टाइरहेको बताए । घिमिरेले सहकारीको विस्तार र गुणात्मक विकासका लागि कानूनको प्रभावकारी परिमार्जन र दीर्घकालिन सहकारी विकास योजना लागु गर्नुपर्नेमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कूनर्) का सञ्चालक कृष्ण पौडेलले सहकारीहरुबीच एकीकरण र सञ्चालन पद्धति एउटै कायम गरेर सहकारी सुशासन कायम गर्नुपर्ने बताउनुभयो । नेफ्स्कूनले साकोस युनिफिकेशन प्रणालीको माध्यमबाट नीतिगत केन्द्रीयता र सञ्चालन स्वायत्तताको अवधारणा अनुसार सहकारीहरुलाई एकरुपता दिने तयारी भई रहेको पौडेलले जानकारी दिनुभयो ।
जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बालकुमारी श्रेष्ठले जिल्लाभित्र सहकारीहरुको संख्या धेरै रहेको र यसको अनुगमन र सेवाका लागि तत्काल डिभिजन सहकारी कार्यालय स्थापना गर्न मांग गर्नुभयो । श्रेष्ठका अनुसार सिन्धुलीमा १३ करोड ७९ लाख ६० हजार ६६३ शेयर खरिद भएको छ भने ५८ करोड ४४ लाख ७२ हजार १२१ बचत संकलन भएको छ । हाल जिल्लामा ५० करोड ५० लाख ६३ हजार ८५० रुपैयाँ लगानी भएको छ । जिल्लामा ५२ हजार ४२५ सेयर सदस्य रहेका छन् । जसमा महिला ३३ हजार २७३ जना र पुरुष १९ हजार १५२ जना रहेका छन् । सिन्धुलीमा ४९४ वटा सहकारी संघ संस्था संचालनमा रहेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान
धनुषामा साकोसहरुका लागि वार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिम सञ्चालन
सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न