निरर्थक विवादमा राष्ट्रिय सहाकरी संघ


सहकारीकर्मीहरूको भावनालाई जित्ने भन्दा पनि मञ्च, भाषण र मर्यादाक्रमलाई प्राथमिकता दिने राष्ट्रिय सहकारी संघका नेतृत्व बर्गको पुरानै रोग हो । राष्ट्रिय सहकारी संघ फेरि एकपटक को ठूलो भन्ने निरर्थक विवादमा फसेको छ । विधि, प्रक्रिया र सहकारीकर्मी प्रतिको उत्तरदायित्वलाई विर्सेर आत्मरतिमा रमाउने नेतृत्ववर्गका कारण संघमा यस किसिको विवाद भएको संघका एक सञ्चालक बताउँछन् । अहिलेको विवाद भनेको संघका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेल र उपाध्यक्ष एवम् संविधानसभाका सभासद् ओमदेबी मल्ल बिच ड्यासमा को पहिला जाने भन्नेमा हो । वरिष्ठ उपाध्यक्ष कँडेल पदिय मर्यादाले आफू अगाडि रहेको तर्क गर्छन् भन्ने उपाध्यक्ष मल्ल औपचारिक कार्यक्रममा सभासद् प्रोटोकल्ली अगाडि हुने दाबी गर्छिन् । यो बिबादले राष्ट्रिय सहकारी संघका माननिय अध्यक्ष केशब बडाललाई समेत हुनुसम्म अप्ठेरो परेको छ, संसदको मर्यादालाई जोगाउने कि राष्ट्रिय सहकारी संघको भन्नेमा बडाल दोधारमा परेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रणनीति योजना तर्जुमा तालिम सम्पन्न
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक
सहकारीको नियमन गर्ने अधिकार सरकारको