यातायात नचल्दा गाउँमा उपभोग्य बस्तुको अभाब


बर्षादका कारण जाजरकोटका ग्रामिण सडक बन्द

-हेमन्त के सी-

जाजरकोट पहाडी जिल्ला जाजरकोटका ग्रामिण सडकहरु बन्द भएका छन् । बर्षादका कारण खोलानाला बढेको र पहिरो गएकोले सडकहरु बन्द भएका हुन् । यातायात बन्दले जिल्लाको ग्रामिण क्षेत्रमा दैनिक उपभोग्य बस्तुको अभाब भएको छ ।
जिल्लामा निर्माण गरिएका सडकहरुको स्तर उन्नती नगर्दा प्रति बर्ष बर्षादमा ग्रामिण सडक बन्द हुदै आएका छन् । सडक यातायात नचल्दा ग्रामिण क्षेत्रमा दैनिक उपभोग्य बस्तुको अभाब भएको छ । स्थानीय बजारमा उपभोग्य बस्तुको अभाबले महंगी बढेको छ । गाउँमा दैनिक उपभोग्य बस्तु नपाउदा स्थानीय २, ३ दिनको पैदल बाटो हिडेर सदरमुकाम खलंगा आउन बाध्य छन् । नजिकको बजारमा नुन,तेल, चिनी नपाउदा आफु ३ दिनको पैदल बाटो खलंगा आएको रोकयगाउँ ७ का दलबहादुर गिरीले थापाले बताए ।
गाउँसम्मको यातायात सेवा अबरुद्ध भएपछि बिरामीको उपचारमा समेत समस्या परेको छ । दुर्गम गाउँबाट बिरामीलाई उपचारको लागि डोकोमा बोकर सदरमुकाम ल्याउनु पर्ने बाध्यता छ । यस्तो बेला समयमा उपचार नपाएर कतिपय बिरामीको अकालमा ज्यान जाने गरेको छ । सडक यातायात सहज नहुदा ग्रामिण क्षेत्रमा उत्पादित कृषि जन्य बस्तुको बिक्रिबितरणमा समस्या हुने गरेको उद्योग बानिज्यसंघ जाजरकोटका कोषध्यक्ष वसन्त प्रसाद शर्माले बताए । यातायात नचल्दा ग्रामिण क्षेत्रमा उत्पादित तरकारी तथा जडिबुटि निकासी गर्न समस्या परेको स्थानीयको भनाई छ । गाउँमा तरकारी उत्पादन राम्रो छ ढुवानीको समस्याले बारीमा कुहिने गर्छ पुन्मा ५ का रामचन्द्र घर्तिले बताए । यातायात नचल्दा सामान ढुवानीको लागि जिल्लाका खच्चडको प्रयोग बढेको छ ।
यातायात अबरुद्धसंगै जिल्लाको ग्रामिण क्षेत्रमा खाद्यान्नको अभाब भएको छ । गाउँका खाद्य डिपोमा सरकारी अनुदानको चामल नपाइने र बजारमा पनि ब्यापारीले चामल ल्याउन नसक्दा खाद्यान्न संकट परेको नायकवाडा ७ का प्रेम शाहीले बताए ।
बर्षादको शुरुवातसंगै खलंगा—पाँचकाटिया, खलंगा—रिम्ना, स्याउली—फेरा, छेडा—मोर्क, कुदु—जगतिपुर लगायतका दर्जन बढि सडकहरु बन्द भएका छन् । यी सडकहरु बन्द भएपछि स्थानीय मर्कामा परेका छन् । छिन्चु —जाजरकोट सडक खण्डको भेरी नदिमा संचालित फेरी बन्द र ग्रामिण सडक यातायात नचल्दा जिल्लामा महंगी बढेको छ ।
फोटो क्याप्सन ः खलंगा पाँचकाटिया सडक बन्द भएपछि गाउँबाट तरकारी बोकेर सदरमुकाम ल्याउदै महिलाहरु ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन