पाँचखालका किसान अर्गानिकखेतीतर्फ


बनेपा, २३ असार । काभ्रेपलाञ्चोकको पाँचखालका किसान अर्गानिकखेतीतर्फ आकर्षित हुन थालेका छन् ।

पाँचखालको तरकारीमा विषादीको प्रयोग कम गर्नका लागि उनीहरुले जैविक खेतीका रुपमा नयाँ सीप सिक्न थालेका हुन् । किसानलाई आंशिक बहुप्राविधिक तालिम केन्द्रले तीन दिनसम्म अर्गानिकखेतीसम्बन्धी तालिम दिएर खेती प्रतिको परम्परागत अवधारणामा परिवर्तन ल्याउन खोजेको छ । “अब हामीजस्ता किसान बिषादी प्रयोगमा सचेत हुन थालेका छौँ, पहिले हामीलाई पनि जानकारी भएन त्यसैले तरकारीमा विषादी प्रयोग ग¥यौं” पाँचखालका किसान कल्याण रायले भन्नुभयो ।

उहाँले एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम)को कार्यक्रम प्रभावकारी नभएको उल्लेख गर्दै कृषिलाई आधुनिकीकरण गराउन अर्गानिकखेती प्रभावकारी हुने बताउनुभयो । पाँचखाल नगरपालिकाका कार्यकारी अधिकृत देवराज चौलागार्इंले यहाँका किसानका लागि जैविक विषादी उत्पादनको सीप सिकाउनुपर्नेमा जोड दिँदै विषादी न्यूनीकरणका लागि अर्गानिकखेती एउटा खुड्किलो हुने बताउनुभयो ।

कृषिमा आधुनिकीकरण र जैविक विषादीको बजारीकरणका लागि कार्यकायोजना आए त्यसलाई नगरपालिकाले सहयोग गर्ने उहाँको भनइ छ । बहुप्राविधिक तालिम केन्द्र उग्रतारा जनागालका सरोज कुइँकेलले अर्गानिकखेती गर्दा बाली चक्रमा पर्ने असरको व्यवस्थापन गर्न किसानलाई सक्षम बनाउने प्रयासको थालनी भएको बताउनुभयो ।

जिल्लाका अन्य स्थानमा पनि अर्गानिकखेतीको सीप किसानलाई सिकाइने उल्लेख गर्दै उहाँले यस खेतीबाट किसानले लाभ लिन सक्नुपर्ने बताउनुभयो । सो तालिममा करिब ३० जना किसान सहभागी थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर