निजीक्षेत्रले देशको आर्थिक विकाशमा टेवा पु¥यो उपसभापतिः पौडेल


शरद रेग्मी तुलसीपुर २४ आषाढ

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले निजि क्षेत्रले मुलुकमा आर्थिक
विकाशका लागी महत्वपूर्ण भुमिका खेली रहेको बताउनु भएको छ । तुलसीपुर
उद्योग वाणिज्य संघले तुलसीपुरमा आयोजना गरेको कार्यक्रमा बोल्दै
पौडेलले उद्योगी ब्यवसायीहरुको

संरक्षर प्रवद्धन गर्न राज्यले प्रष्ट औद्योगीक निति ल्याउनु पर्ने समेत बताउनु
भयो । उहाँले नयाँ संविधान निर्माण संगै उद्योग ब्यवसायीहरुको ब्यवसाय
फस्टाउने समेत बताउनु भयो । ‘नयाँ संविधान निर्माण अन्तीम चरणमा छ,
समयमै संविधान जारी गरी देशमा स्थायी शान्ती कायम गर्न सके मात्र देश विकाशको
गतिमा अगाडि बढने छ –पौडेलले भन्नु भयो । ’ पौडलले निजि क्षेत्रले देशको
आर्थिक एव सामाजीक क्षेत्रमा खेलेको भुमिकाको प्रशंसा गदै

आगामि दिनमा पनि यस्तै सहयोग रहनु पर्ने बताउनु भयो । तुलसीपुर उद्योग
वाणिज्य संघका अध्यक्ष विमल रिजालको अध्यक्षता मा भएको भेटघाट तथा स्वागत
कार्यक्रममा नेपाली कांग्रेसका नेता एव सभासद दिपक गिरी, सभासदहरु राजु खनाल,
डिल्ली चौधरी, अनिता देवकोटा र बहादुर लामाले बोलेका थिए ।

वाणिज्य संघले दाङमा रहेको टरिगाउँ विमान स्तलमा नियमीत उडान र स्तरउन्नति,
इन्धन डिपो स्थापना लगायत यस क्षेत्रको विकाशका लागी पहल गरीदिन भन्दै पूर्व
मन्त्रि एव नेपाली कांग्रेसका उपसभापति पौडेललाई ज्ञापन पत्र वुझाएको वाणिज्य
संघका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिनु भएको छ ।

संघका वरिष्ठ उपाध्यक्ष विरबहादुर रावतको स्वागत मन्तब्य वाट सुरु भएको
कार्यक्रमको सहजीकरण महासचिव नेत्र वलीले गरेका थिए


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन