‘दिगो बिकासका लागि सहकारी उययुक्त मोडल’


काठमाडौं, असार २४ । दिगो बिकासका लागि सहकारी उपयुक्त मोेडल भएको बिहिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।
उपलब्धि बचत तथा ऋण सहकारी संस्था र एजीङ नेपालको संयुक्त आयोजनामा ‘दिगो विकासका लागि सहकारी लगानी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीबाट मात्रै आर्थिक सशक्तीकरण हुन सक्ने जोड दिएका छन् । १५ वर्षसम्म शहस्राब्दी विकास लक्ष्य हाशिल हुन नसकेकाले दिगो आर्थिक विकासका लागि अब महत्वपूर्ण विकल्प सहकारी नै रहेको वक्ताहरुले बताएका थिए । IMG_0080
कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी विकास बोर्डका सञ्चालक केदार मानन्धरले सहकारीबाट नै देशको रुपान्तरण हुन सक्ने बताउनुभयो । बढी पैसा हुने र पैसा नै नहुने दुवै वर्गलाई सहकारी प्रभावकारी भएकाले सहकारीले अझ रचनात्मक काम गर्न आवश्यक भएको बताउनुभयो । आर्थिक आन्दोलन गर्न सहकारी नै उपयुक्त मोडल भएकाले अबको आर्थिक क्रान्ति सहकारीबाटै शुरु हुने उहाँको भनाई थियो ।
नेशनल कोअपरेटर्स एलाईन्सका कोषाध्यक्ष मोहन बस्नेतले शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा सहकारी प्रभावकारी भएको बताउनुभयो । केही बचत तथा ऋण सहकारीमा देखिएको समस्याले सिंगो सहकारी बदनाम हुन पुगेको भन्दै सहकारीले आफ्नो छवी सुधार गर्न आवश्यक भएको बताउनुभयो । सहकारीका विकृति हटाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सके सहकारीबाट नै दिगो आर्थिक विकास गर्न सकिने उहाँको भनाई थियो ।IMG_0085
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रा. डा चक्रमणी लुईटेलले परनिर्भरता घटाउन नसके आर्थिक विकास संभव नुहने बताउनुभयो । गरिबी निवारण गरी आत्मनिर्भर हुनुका लागि सहकारीको अग्रणी भूमिका हुने उहाँको भनाई थियो ।
कार्यक्रममा अजय गुरुङले सहकारीले महिला सशक्तीकरणमा उल्लेखनीय योगदान पु¥याउन सकेको चर्चा गर्दै अब सहकारी कृषि उत्पादनमा लगानी गर्न अपरिहार्य भइसकेको बताउनुभयो । सहकारीले सूचना, शिक्षा र तालिममा ध्यान दिन सके मात्र सहकारी सबल खम्बाका रुपमा स्थापित हुन सक्ने उहाँको भनाई थियो ।
एजीङ नेपालका अध्यक्ष कृष्ण मुरारी गौतमले १५ वर्षसम्म सहर्शाब्दी लक्ष्य हाशिल हुन नसकेकोमा दुःखेसो पोख्नुभयो । मल्टीनेशनल कम्पनी भन्दा सहकारीबाट दिगो आर्थिक विकास गर्न सकिने उहाँको भनाई थियो । विकास युवामुखी मात्र नभई सबै उमेरलाई समेट्ने खाले कार्यक्रम ल्याउन आवश्यक भएको उहाँको भनाई थियो ।
सो कार्यक्रम संयोजक विपिन शर्माले सहकारीका विकृति अन्त्य गर्दै सहकारीले रचनात्मक काम गर्नुपर्नेमा जोड दिनुभयो । ‘अरुमा भन्दा सहकारीमा किल्कुल विकृति निराकरण गर्न आवश्यक छ, यसो हुन सक्यो भने मात्र सहकारी सबल खम्बाको रुपमा स्थापित हुन सक्छ’ उहाँले भन्नुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर