रेमिट्यान्समा सहकारीको भूमिका तालिम


काठमाडौं। आईएमई कोअपरेटिभ सर्भिसको आयोजना ‘रेमिटेन्समा सहकारीको भूमिका विषयक १ दिने तालिम सम्पन्न भएको को छ ।
आईएमई लि र आईएमई अटोमोटिभको सह–आयोजनामा सम्पन्न तालिममा७५ जिल्लाबाट एकएक जना अध्यक्ष र व्यवस्थापकको उपस्थित रहेको थियो ।
कार्यक्रममा बोल्दै युवा उद्धमी तथा ग्लोबल आईएमईका अध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारी संस्थाले सहकारीको मूल्य मान्यता, सिद्धान्त सहकार्य, सहअस्तित्व जस्ता कुराहरु लाई भूल्न नहुने बताउनुभयो ।

केही सहकारी संस्थाहरु मूल्य र मान्यताहरुलाई कुल्चि कारोबार गरेको कारण सहकारी संस्थाहरुप्रति बितृष्णा देखापरेकोले सहकारी संस्थाहरु स्व अनुगमन भित्र रहि नितिनियम, मापदण्डको परिधिभित्र रहि कार्यगर्न उहाँको भनाई थियो ।

त्यस्तै कार्यक्रमको अवसरमा संस्थाका अध्यक्ष योगेश्वर ढकालले १५ वर्ष पहिला सुरु गरिएको यस संस्थाले विश्वभरि रेमिट्यान्स कारोबार विस्तार गरिसकेको भन्दै पछिल्ला वर्षमा १ गाउँ १ सहकारीको रुपमा अगाडि बढेको बताउनुभयो । उहाँले विश्वका विभिन्न मुलुकबाट पठाएको रकम विश्वसनिय तवरले गाउँगाउँ तथा शहरमा पुर्याएको बताउनुभयो ।
आईएमईलिका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सहभागीहरुलाई तालिम प्रदान गर्नुको साथ साथै रेमिटान्स भूक्तानीमा देखिएका र आउनसक्ने समस्याहरुका बारेमा विस्तृत रुपमा जानकारी गराउनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने