गलत नियतका मान्छे सहकारीमा सफल हुँदैनन: निधि


भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधिले सहकारीमा गलत नियतका व्यक्तिहरू प्रवेश गर्न सके पनि सफल हुन नसक्ने बताएका छन् । महेन्द्र नारायण निधि मेमोरिअल स्वास्थ्य सहकारी संस्था लि. को चौथो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै निधिले भने, ‘सहकारी मूल्यमान्यतालाई आत्मसात गर्ने मात्र वास्तविक सहकारीकर्मी हो त्यस्तै व्यक्तिमात्र सहकारीमा सफल हुन्छ ।’ मन्त्री नधिले सहकारीमार्फत समाजमा शिक्षा, स्वास्थ्य जस्ता विभिन्न आवश्यक्ता पूरा गर्न सकिने धारणा राखे । सभासद् ओम देवी मल्लले राजनीतिका शिखर व्यक्तित्वहरूको नाममा स्थापित संस्थाले उच्च नैतिक मूल्य कायम राखेर कार्य गर्नुपर्ने धारणा राखिन् । राष्ट्रिय सहकारी संघका पूर्व अध्यक्ष दीपक प्रकाश बासकोटाले जनतामाझ सर्वसुलभ रूपमा स्वास्थ्य सेवा पुर्‍याउन राज्यले सहकारीबाट सञ्चालित अस्पतालहरूलाई सहयोग प्रवर्धन गर्नुपर्ने बताए । नेशनल को-अपरेटर्स एलाईन्स नेपालका सहअध्यक्ष राजेशहरी जोशीले अस्पताल सेवामूलक संस्था भएकोले यसमा लगानी गर्ने सदस्यहरूले तत्काल मूनाफाको आशा गर्न नहुने धारणा राखे । नेशनल कोअपरेटर्स एलाईन्स नेपालका सचिव सीताराम काफ्लेले स्वास्थ्य सहकारीहरू पनि एकिकरणमा जानुपर्ने धारणा राखे । संस्थाका अध्यक्ष भानुभक्त ढकालले संस्थाले हालसम्म स्वास्थ्य सेवाका लागि पूर्वाधार विकासका लागि काम गरेको र आगामी मंसिरदेखी आफ्नै भवनबाट अस्पताल सञ्चालन गर्ने जानकारी दिए । अस्पतालका प्रवन्ध निर्देशक डिल्लीराम तिवारीले संस्थाले पिसिएल. नर्सिङ, हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र रेडियोग्राफीको कक्षा सञ्चालनको स्वीकृति पाईसकेको र यसै वर्ष देखि पिसिएल नर्सिङको कक्षा सञ्चालन हुने जानकारी गराए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने