मनमोहनले सम्बन्धन पाईछाड्छ–अध्यक्ष वली


काठमाडौं, असार २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीले मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालले सम्बन्धन पाईछाड्ने बताउनुभएको छ ।IMG_0113
नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाको नवौं वार्षिक साधारणसभाका अवसरमा बोल्दै अध्यक्ष वलीले सबै ब्यबधान हटाएर सम्बन्धन्ध दिलाई छाड्ने बताउनुभएको छ । ‘अस्पताल पनि चल्छ, मेडिकल पनि चल्छ’ उहाँले भन्नुभयो ।
नाटकीय पाराले सम्बन्धन रोक्न एकखाले शक्ती लागिपरे पनि अब छिट्टै सम्बन्धन प्राप्त गर्ने अध्यक्ष वलीको भनाई थियो । ‘एउटाले आशय पत्र दिने, अर्को निकायले रोक्ने कुनै पनि हालतमा हुन सक्दैन्, मनमोहनले जतिसुकै चाँडो सम्बन्धन प्राप्त गर्ने छ’ उहाँले भन्नुभयो ।IMG_0122
सबै पूर्वाधार बनाइसकेपछि पनि अहिले नगर्नुहोस् भन्नु सरकारको गैर जिम्मेवारपान भएको उहाँको भनाई थियो । गुणस्तरीय शिक्षा चहिएको छ, मनमोहनले गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छ भन्नेमा म विस्वस्त छु’ उहाँले भन्नुभयो । शिक्षामा लगानी गर्न सके नेपाललाई एजुकेशन हब बनाउन सकिने उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्दै शिक्षा मन्त्री चित्रलेखा यादबले आफू सधै सम्बन्धनको पक्षमा रहेको बताउनुभयो । राम्रो काम गर्न खोज्नेलाई रोक्ने तत्व हाबी भएकाले सम्बन्धन रोकिएको उहाँको भनाई थियो । ‘यसरी बाटो छेक्दै जाने हो भने कसरी देशको प्रगति हुन्छ, काम गर्नेलाई वातावरण बनाईदिनुपर्ने ठाउँमा बाझो हाल्नु दुःखद कुरा हो’ मन्त्री यादवले भन्नुभयो ।
असल व्यक्तित्व भएका व्यक्तिको नाममा कलेज र अस्पताल बनाउनु सकारात्मक भएको उहाँको भनाई थियो । धैयर्ता नै सर्वशक्ती भएको चर्चा गर्र्दै मन्त्री यादवले मनमोहनले निकट भविष्यमै सम्बन्धन्न पाईछाड्ने विश्वास व्यक्त गर्नुभयो ।IMG_0104
‘सम्बन्धन रोकिनु प्राविधिक कुरो होला, तर राम्रो कामका लागि कुनै पनि प्राविधिक कुराले रोक्न सक्दैन्’ उहाँले भन्नुभयो । राम्रो कामको शिक्षा मन्त्रालयले सदैब सकारात्मक रुपमा लिने गरेको उहाँको भनाई थियो ।
राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले सहकारीले सबै खाले काम गर्न सके पनि सरकारले अवरोध सिर्जना गर्न खोजेको बताउनुभयो । सहकारीका अवरोध हटाउन सके सबल खम्बाका रुपमा स्थापित हुन सक्ने उहाँको भनाई थियो ।
नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाका अध्यक्ष राजेन्द्र पाण्डेले विगत तीन वर्षदेखि सम्बन्धनका लागि लागिपरेपनि अझै सफलता प्राप्त गर्न नसकेको बताउनुभयो । सम्बन्धन नपाएका कारण वार्षिक २० करोड ब्याज तिर्न हम्मेहम्मे परेकोसमेत उहाँको भनाई थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन