सिद्वान्तबारे ज्ञान नहुदाँ समस्या


रुपन्देही, असार २६ । सहकारीको ज्ञान र सिद्धान्तका बारेमा जानकार सहकारी समस्यामा पर्ने एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।
इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले शुक्रबार बुटवलमा गरेको सहकारी ब्यवस्थापन सम्वन्धि तालिममा सहभागि भएका सहकारीकर्मीहरुले सहकारीमा सिद्धान्त नबुझेका ब्यक्तिहरु हावी भएमा भविष्यमा दुर्घटना हुने जोखिम बढ्न सक्ने बताए। सहकारीको संचालक समितिमा रहेका कारण आशा लाग्दो उपलब्धी हासिल हुन नसकेको सहकारीकर्मीहरको भनाई थियो ।
उनीहरुले सहकारीमा दर्जन सल्लाहकारहरु राख्ने परिपाटिको अत्य हुनु पर्ने बताउदै विज्ञ र जानकार ब्यक्तिलाई सहकारीको सल्लाहकार बनाउदा सस्ंथालाई फाईदा हुने समेत उनीहरुको भनाई थियो ।
सहकारीमा ईमान्दार भएरमात्र नहुने भन्दै उनीहरुले सहकारी सिद्धान्तका बारेमा जानकार भएकाहरु नै सहकारीको संचालक समितिको पदमा बस्नु पर्ने बताएका हुन् ।
कार्यक्रममा डिभिजन सहकारी कार्यालय रुपन्देहीका प्रमुख नेत्रप्रसाद घिमिरेले सहकारीमा सामाजिक महत्वबढी भएका कारण सदस्य केन्द्रीत कारोवारलाई जोड दिनुपर्ने बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सूचना तथा सञ्चार प्रवाह कार्यशाला गोष्ठी सम्पन्‍न
धुलिखेलमा कोपोमिस तालिम सम्पन्‍न
चन्द्रागिरि साकोसको CUDCC तालिम सुरु
संस्थागत विकास तालिम सुरु