सहकारी ऐनको अन्तिम छलफल


काठमाडौं, असार २७ । नयाँ सहकारी ऐनको मस्यौदा बारे छलफल गरी करिब अन्तिम चरणमा पुगेको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले सरोकारवाला निकायसँगको छलफलपश्चात उक्त ऐनलाई अन्तिम रुप दिएको हो ।
राष्ट्रिय सहकारी विकास बोर्डले मस्यौदा तयार पारेर केही महिनाअघि मन्त्रालयमा पेश गरेको थियो । त्यसको थप छलफल गरेर मन्त्रालयले अनितम रुप दिएको हो ।
बिहिबार सहकारी तथा गरीबी निवारण मन्त्रालयले राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी संघ, विभिन्न केन्द्रीय सहकारी संघ, सहकारी विज्ञ र सरोकारवाला निकाय बीच छलफल गरेको हो । छलफलमा आएका राय सुझावलाई ऐनमा समावेश गरी मस्यौदालाई केही दिन भित्रै अन्तिम रुप दिने सहकारी तथा गरीबी निवारण मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद पोखरेलले बताउनुभयो ।
‘हामीले मस्यौदा माथी विभिन्न निकाय संग छलफल गरौं । केही दिनमै ऐनको छलफलमा आएका सुझावलाई मस्यौदामा समावेश गर्ने छौं’, उहाँले भन्नुभयो ।, ‘त्यसपछि कानुन मन्त्रालय पठाउने छौं ।’


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने