सहकारीका चुनौती थपिदैं


रुपन्देही

रुपन्देहीका सहकारीमा पछिल्लो समयमा चुनौती थपिदै जान थालेका छन् । सहकारी सिद्वान्तअनुरुप सञ्चालन हुन नसकेपछि सहकारीमा चुनौति थपिन थालेको हो ।
रुपन्देहीका सहकारी संस्थामा नियमन नियन्त्रण अनुगमन तथा स्व अनुसन्धानबीचको खाडलका कारण चुनौती थपिएको डिभिजन सहकारी कार्यालयले जानकारी दिएको छ। सहकारी संस्थाहरुमा सहकारी शिक्षाको अभाव हुँदा सहकारीमा समस्या बढेको बताइन्छ ।
डिभिजनले सहकारी संस्थाहरुमा देखिएको समस्या समाधानका लागि सरकारी, अर्धसरकारी, गैर सरकारी क्षेत्रबीचको समन्वय र सहकार्यमा सहकारीको बिकास गर्नु पर्ने आवश्यकता रहेको बताएको छ । डिभिजन सहकारी कार्यालय रुपन्देहीले भैरहवामा गरेको वार्षिक प्रगति समिक्षा गोष्ठिमा सहकारी अधिकृत नेत्रप्रसाद घिमिरेले सहकारी संचालकहरुमा विद्यमान सहकारी ज्ञानको अभावले सहकारीहरुमा चुनौती बढाएको बताउनु भयो ।

सहकारी संस्थाहरुको अनुगमन, नियमनलाई प्रभावकारी बनाउनका लागि कानुनी ब्यवस्थासँगै जनशक्तिको अभाव रहेको उहाँको भनाई थियो । घिमिरेका अनुसार हाल सहकारीमा १४ जना मात्र कर्मचारी रहेकाले अनुगमन गर्न समस्या परेको उहाँको भनाई थियो ।
हाल जिल्लामा ६ सय ६३ वटा सहकारी संस्थाहरु रहेको जानकारी दिदै जिल्लाका सहकारीहरुमा एक लाख ५० हजार शेयर सदस्यहरु रहेको र त्यसमा ४२ प्रतिशत महिलाको सहभागिता रहेको छ । सहकारीमा शेयर पुँजी १ अर्व २० करोड, निक्षेप ५ अर्ब ५० करोड, लगानी ७ अर्ब ७० करोड तथा कोष हिसाव ५० करोड रहेको बताउनु भएको छ ।
रुपन्देहीमा रहेका सहकारीवाट एक हजार दुई सयले प्रत्येक्ष रोजगारी पाएको पनि जानकारी दिदै डिभिजन सहकारी संस्थामा कृषि, दुग्ध, बचत, उघुउद्यमी लगायतका सहकारीहरु आवद्ध रहेका छन् ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष भिम तुलाचन, वचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण नेपाल, जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष लेखनाथ पाण्डे, जिल्ला कृषि सहकारी संघका अध्यक्ष झुपा न्यौपाने, लुम्विनी बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष महेश्वर श्रेष्ठ, सामुहिक विकास बचत तथा ऋण सहकरी का उपाध्यक्ष प्रकाश भट्टराई, जनउत्थान वचत तथा ऋण सहकारीका ब्यवस्थापक रनबहादुर थापा लगायतले सहकारीको विकासका लागि नीति र सिद्धान्तको पालना गर्नु पर्ने तथा त्यसको अनुगमन सहकारीले गर्नु पर्ने बताउनु भएको थियो । कार्यक्रम डिभिजन कार्यालयका सहकारी निरीक्षक चन्द्रकान्त भट्टराईको संचालनमा सम्पन भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा कोइराला
उद्यमशिलता नमूना परियोजनाको प्रभावकारिता अनुगमन
बर्दियामा सञ्जाल सम्बन्ध र संस्थागत विकास सम्बन्धी अन्तरक्रिया सम्पन्न
नेफ्स्कून-बचत संघ सुनसरीबीच अन्तरक्रिया