म्याग्दी सहकारीद्धारा प्रधानमन्त्री राहत कोषमा १ लाख आर्थिक सहयोग
काठमाडौं ।
काठमाडौंको गोंगबुमा स्थापित म्याग्दी बचत तथा ऋण सहकारी संस्थाले बैशाख १२ गते गएको विनासकारी भुकम्पको कारण क्षतीग्रष्ट संरचना पुनःनिर्माणको लागि १ लाख प्रदान गरेको छ।
आज विहान प्रधानमन्त्री सुशिल कोइरालालाई बालुवाटारमा भेटी संस्थाका पदाधिकारीहरुको उपस्थितिमा संस्थाका अध्यक्ष थदेवी पुनले रु १ लाखको चेक प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि हस्तान्तरण गर्नुभयो । सोही अवसरमा संस्थाका उपाध्यक्ष कृष्णबहादुर केसीले विगत वर्षमा पनि यस कोषमा संस्थाले आर्थिक सहयोग गरेको स्मरण गराउँदै हालै मात्र म्याग्दी जिल्लामा पनि भुकम्प पिडितहरुको लागि जिल्ला विपद् व्यवस्थापन समितिमा रु ५० हजार आर्थिक सहयोग प्रदान गरेको जानकारी गराउनु भयो।
त्यसैगरी संस्थाका अर्का उपाध्यक्ष चित्रबहादुर पुनले संस्थाद्धारा प्रकाशित वार्षिक टेबल क्यालेण्डर २०७२ प्रदान गर्नुभयो।