८ खर्ब १९ अर्ब ६४ करोड ८८ लाखको बजेट


काठमाडौ २९ असार- सरकारले आर्थिक बर्ष २०७२– ७३ कालागि ८ खर्ब १९ अर्ब ६४ करोड ८८ लाखको बजेट आज सार्वजनिक गरेको छ । व्यवस्थापिका संसद बैठकका सरकारका तर्फबाट अर्थमन्त्री डा. रामशरण महतले यो बजेट पेश गर्नुभएको हो ।यसैगरी विकास लक्ष्यित पूँजिगत खर्च २ खर्ब ८ अर्ब र वित्तिय व्यवस्थातर्फ १ खर्ब २६ अर्ब छुट्याइएको छ । पूँजिगत खर्च यस वर्षभन्दा झन्डै दोब्बर बढाइएको छ ।

यो बजेट ४ खर्ब ७५ अर्ब आन्तरिक राजश्वबाट, वैदेसिक अनुदा १ खर्ब १० अर्ब, वैदेसिक ऋण ९४ अर्ब ९६ करोड, आन्तरिक ऋणबाट ८८ अर्ब र यस वर्षको बजेट बाट बचत ४८ अर्ब ५६ करोडबाट पुरा गरिनेछ ।
बजेट ले काठमाडौं उपत्यकाका मुख्य सडकमा ४० सिटभन्दा कम क्षमताका भाडाका सवारीलाई निरुत्साहित गर्न खोजेको छ । बजेट सुनाउँदै अर्थमन्त्री रामशरण महतले ४० सिटभन्दा कम क्षमताका हाल चलिरहेका साना भाडाका सवारीलाई सहायक सडकमा मात्रै चल्न दिइने बजेट मा व्यवस्था गरिएको छ ।

४० सिटभन्दा कम क्षमता भएका भाडाका सावरीको नयाँ दर्तामा रोक लगाइएको छ भने ४० सिटभन्दा माथि क्षमता भएकाको सहकारी र सवारी चलाउने संस्थामार्फत् आयात गरिएमा ५ प्रतिशत मात्रै भन्सार शुल्कको व्यवस्था गरिएको छ । निजामति कर्मचारीको तलब नबढ्ने भएको छ । बजेट भाषण गर्दै अर्थमन्त्री रामशरण महतले भूकम्पका कारण स्रोतको अभाव भएकाले अहिलेकै अवस्थामा तलब बढाउन नसकिएको बताएका हुन् । तर, आगामि दिनमा भने तलब सुविधा बढाइने पनि उनले बताएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक