यस्तो छ बजेटमा सहकारी


काठमाडौ, असार ३० । तीन खम्बालाई अंगिकार गर्दै सहकारीमार्फत गरिबी निवारण र रोजगारी सिजर्ना गर्ने सरकारी बजेटमा उल्लेख छ ।
अर्थमन्त्री रामशरण महतद्वारा प्रस्तुत आर्थिक वर्ष २०७२।७३ को बजेटमा सहकारीमार्फत गरिबी निवारण र रोजगारी सिजर्ना गरी अर्थतन्त्रमा सबल खम्बाको रुपमा स्थापित गरिने उल्लेख छ । नेपालको अर्थतन्त्रमा एउटा महत्वपूर्ण स्तम्भको रुपमा रहेको सहकारी क्षेत्रलाई ग्रामिण क्षेत्रमा रोजगारी सिर्जना, आय बृद्धि र गरिबी निवारणको कार्यमा अधिकतम परिचालन गर्न प्रोत्साहन गरिने बजेटमा उल्लेख छ ।
सहकारीमार्फत उत्पादन वृद्वि गर्ने उद्देश्यले सरकारले सहकारीले बैंकिङ क्षेत्रबाट ऋण लिई कृषि विकास मन्त्रालयले निर्दिष्ट गरेको मापदण्ड बमोजिम शीतघर र खाद्यान्न भण्डारण स्थापना गदौ प्रोत्साहन दिने भएको छ । भण्डारका लागि पहिलो ५ वर्षसम्म शतप्रतिशत व्याज अनुदान दिने बजेटमा उल्लेख छ । यस्ता शीतघर र खाद्यान्न भण्डारणका लागि आवश्यक प्राविधिक सहायता सरकारले उपलब्ध गराउनुका साथै विद्युत्त डिमाण्ड शुल्कमा शतप्रतिशत छुट दिने उल्लेख गरिएको छ ।

सहकारीमार्फत कृषि उत्पादनमा बजेटले विशेष जोड दिएको छ । कृषि तथा पशुपालन, फलफुल तथा तरकारी उत्पादन, कृषि उपजको प्रशोधन, शीत घर निमार्ण, साना तथा मझौला उद्योग, कृषि बजार प्रवद्र्धन जस्ता क्रियाकलापहरु संचालन गर्न सहकारी संस्थाहरु, सहकारीमा आवद्ध किसानहरु, उद्यमीहरुको समूहलाई सहुलियतपूर्ण ऋण र पूँजीगत अनुदानको व्यवस्था गर्ने सरकारको योजना छ ।
त्यस्तै सहकारीमा विकृति बढेको भन्दै सरकराले सहकारी संस्थाहरुको प्रभावकारी अनुगमन र नियमनका लागि सहकारी तथा गरीबी व्यवस्थापन सूचना प्रणाली लागू गर्ने उल्लेख गरेको छ ।
बचत तथा ऋण सहकारी सहकारी संस्थाहरुका साथै लद्युवित्त कारोबार गर्ने संस्थाहरुको नियमन तथा सुपरीवेक्षणका लागि संस्थागत व्यवस्था आगामी आर्थिक वर्षभित्रै स्थापना गर्न कानुनी तथा नीतिगत व्यवस्था गर्ने बजेटमा उल्लेख छ ।
त्यस्तै सार्वजनिक यातायात संचालन गर्ने गरी दर्ता भएका सहकारीले आयात गर्ने ४० वा सो भन्दा बढी सीट क्षतमा भएको सवारी साधान आयातमा पाँच प्रतिशत मात्र भन्सार महसुल लिई अन्तःशुल्क र सडक मर्मत तथा सुधार दस्तुर छुट दिने सरकारले बजेटमार्फत घोषणा गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर