सहकारी खारेज हुने क्रम बढ्यो


चितवन, असार ३१ । सहकारी खारेज हुने क्रम बढेको छ । लगातार दुई वर्षसम्म निश्क्रिय रहेका सहकारी खारेज हुने क्रम बढेको छ । चितवनमा सहकारी खारेज हुने संस्खा बढेको डिभिजन सहकारी कार्यालय चितवनले जनाएको बछ ।
सूचीमा परेका जिल्लाका २९ वटा सहकारीमध्ये २१ सहकारी खारेज हुने भएका छन् । आठ वटा सहकारी संस्था ३५ दिने सूचनाभित्रमा सम्पर्कमा आएको तर २१ वटा नआएकाले खारेज हुने भएका हुन् ।
“आठ वटा सम्पर्कमा आएका छन्, उनीहरुको हकमा छानबिन हुन्छ, सम्पर्कमा नआउने २१ वटालाई खारेज गरिन्छ” नेपालले भन्नुभयो । जसमध्ये सबैभन्दा बढी बचत तथा ऋण सहकारी खारेजीको सूचीमा छन् । यसअघि दुई वर्षदेखि कारोबारमा निस्क्रिय रहेका र नियमबमोजिम विवरण नबुझाएका २९ सहकारी खारेजीको सूचीमा परेकाले ३५ दिनको सूचना प्रकाशित गरी सम्पर्कमा आउन भनिएको थियो ।

सहकारी ऐन २०४८ को दफा ३४ अनुसार गतिविधि बुझाउनुपर्ने, लेखा प्रतिवेदन, साधारणसभाको बैठक प्रतिवेदन तथा तोकिएका अन्य विवरण पेस गर्नुपर्ने प्रावधान छ । उक्त प्रावधान पूरा नगर्ने र २०६९ सालदेखि निस्क्रिय रहेका सहकारी खारेजीको सूचीमा थिए । तेह्रवटा बचत सहकारी, कृषि र दुग्ध गरी नौवटा, पाँच वटा कृषि सहकारी र दुई वटा बहुउद्देश्यीय सहकारीलगायत खारेजीको सूचीमा रिहेका छन् । जसमा प्रज्वल बचत, विक्रमबाबा, पाण्डव महिला, बघौडा महिला, पटिहानी सञ्जाल महिला, तुलसी, भीमसेन, त्रिशूली, हर्नरी, पुञ्ज, अनमोल बचत तथा ऋण सहकारीलगायतका थिए ।

त्यस्तै दुईवटा बहुउदेश्ययीय सहकारीमा लवकुश र भोजबाबा रहेका छन् । शारदा, वनगाई, पञ्चकन्या, शीतल, बेलहट्टा र शिवनारायण दुग्ध उत्पादक सहकारी पनि खारेजीको सूचीमा रहेको छ । कृषितर्फ लोथर, हितकारी, जागरण, उत्साह, प्राङ्गारिक र देवचम्पा कृषि सहकारी खारेजीको लाइनमा छन् । पारिजात स्वास्थ्य सहकारी र जुगेडी ग्रामीण विद्युत् वितरण सहकारी थिए । जसमा सात वटा बचत र एउटा दुग्ध सहकारी सम्पर्कमा आएका छन् ।
चितवनमा यो वर्ष पाँच सहकारी संस्था गाभिएका छन् । रत्ननगरका तीनवटा जडीबुटीसम्बन्धीका सहकारी तथा शारदानगरको दुई वटा बचत तथा ऋण सहकारी गाभिएका छन् । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका प्रशिक्षण एवम् सूचना अधिकारी श्रीकृष्ण नेपालले रत्ननगरमा रहेको गोदावरी, उन्मुक्ति तथा दीर्घायु जडीबुटी उत्पादक सहकारी संस्था गाभिएर दीर्घायु जडीबुटी उत्पादक सहकारी संस्था बनाइएको छ । यस्तै आर्थिक सुधार बचत र पवित्र बचत सहकारी मिलेर पवित्र आर्थिक सुधार बचत तथा ऋण सहकारी संस्था बनेको छ ।

जिल्लामा अहिलेसम्म कुल ६७६ सहकारी दर्ता भएका छन् । यहाँ नौवटा विषयगत सहकारी छन् । अघिल्लो वर्ष २२ सहकारी खारेज भएका थिए । यो वर्ष २६ सहकारी थपिएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान
धनुषामा साकोसहरुका लागि वार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिम सञ्चालन
सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न