स्याङजा जिल्लाका विकाश योजनाहरु र एलजिसिडिपी


-आशिष खड्का-

काठमाडौं, ३० असार- स्याङजा जिल्ला बिश्व प्रसिद्ध लुम्विनी र पर्यटकिय नगरी पोखराको बिचमा पर्ने सुन्दर र रमणिय स्थान हो । ११६४ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो जिल्ला, मध्ये(पश्चिम नेपालको अत्यन्तै चर्चित जिल्ला पनि हो । यस जिल्लालाई कोटै कोटको जिल्ला समेत भन्ने गरिन्छ । नुवाकोट, सतौंकोट, भिरकोट,गह्रौकोट, कालिकाकोट ,बहाकोट, चन्द्रकोट, गिरकोट, कोल्माकोट, सिर्सेकोट, खैरीकोट ईत्यादी यहाँका प्रमूख कोटहरु हुन् । नेपालको पहिलो नमूना पर्यटकीय गाउँ शिरुवारे, भगवान रामका पिता दशरथसंग जोडिएको अन्धाअन्धी दह र आधीखोला, संसार कै ठुलो मानिएको शालिग्राम शिला, शाहवंशको शुरुवाती राज्य भिरकोट, कुलदेवी आलम देबी, स्वस्थानी ब्रत कथामा बर्णित सतिदेवीका बाँकी अंगहरु पतन भएको क्षेत्र छायाँक्षेत्र, ऐतिहासिक राजा रजौटाका दरवार तथा भग्नवशेष, हिउँ पर्ने पञ्चासेको लेक, भित्री मधेशलाई बिर्साउने अन्न भण्डार क्रमश गण्डकबेशी, चापाकोट, कुवाकोट र रत्नपुर फाँट लगायत विभिन्न जातजातिका विविध संस्कृतिले भरिएको जिल्ला हो स्याङ्जा जिल्ला ।

नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको राष्ट्रिय कार्यक्रम स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसिडिपी) स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसिडिपी) ले विपन्नको जीवनस्तर उकास्न लगानी गरेको छ । जिल्लाका २६ वटा ठाँउमा ’जीविकोपार्जन सुधार कार्यक्रम’ को नाममा प्रति गाविस एक लाख रुपैयाँका दरले अनुदान दिइरहेको छ ।
यहाँ अहिले मनकामना विरुवा कृषि सडक अन्तरगतको त्रियासी रत्नेको धौ खोलामा मोटरेवल पुल बनिरहेको छ । ०७१/०७२ मा १५ लाख रुपैया परको थियो भने जम्मा लाग्ने खर्च ५९ लाख १० हजार रुपैया हो । यसको काम अर्को आर्थीक बर्षदेखि फेरी सुरु हुदैछ ।
फेदीखोलामा रहेको सिद्धार्थ बहुमुखी क्याम्पसका लागि १० लाख रुपैया अनुदान दिएको छ । यो क्याम्पसमा १ सय ४० जान बिद्यार्थी रहेका छन । शिक्षा र व्यवस्थापनमा स्नातक तह अध्यापन हुने यो क्याम्पसमा मध्यम र निम्न बर्गका बिद्यार्थीहरु अध्ययन गर्छन ।
सिम्खेत झोलुङ्गे पुल आयोजनाको काम पनि धामाधम भइरहेको छ । यसका लागि जिविसले १३ लाख ९८ हजार ४ सय ३३ रुपैया बजेट छुट्टाइएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

चिनारी साकोसको आयोजनामा PALM कार्यशाला
टुगा आस्था विकास साकोसको CUDCC तालिम
क्षमता अभिवृद्धि तालिम सम्पन्‍न
नागरिकको समृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण