सहकारीको कारोबार बढ्ने क्रममा


दमौली, साउन १ ।सहकारीमार्फत कारोबार बढ्दै जान थालेको छ । पछिल्लो समयमा अधिकांश मान्छे सहकारीमा आबद्व हुन थालेपछि र सहकारीप्रति मानिसको विश्वास बढ्न थालेपछि सहकारीको कारोबार बढ्दै जान थालेको हो । शहरी क्षेत्रमा सहकारीप्रति ननारात्मक धारणा भएपनि ग्रामीक्ष्ण क्षेत्रमा सहकारीको विश्वास बढ्न थालेको छ ।
सहकारीप्रति परिवारका एक सदस्य आबद्व भएर बचतका काम गर्दै जान थालेपछि ग्रामीण भेगमा सहकारीको कारोबार बढ्दै गएको हो । तनहुँ जिल्लामा रहेका १६ वटा सहकारी संस्थाले वार्षिक ५ करोड भन्दा बढिको कारोवार गर्ने गरेका छन् । जिल्लामा दर्ता भएका ३ सय ६१ सहकारीमध्ये १६ सहकारी संस्थाले वार्षिक ५ करोड भन्दा बढिको कारोवार गर्ने डिभिजन सहकारी कार्यालय तनहुँले जानकारी दिएको छ ।
कार्यालयका सहकारी निरीक्षक पुष्प खनालले सहकारीमार्फत बचत तथा ऋण सँगै उत्पादनतर्फ काम गर्दै आएको बतए । उनका अनुसार गण्डकी बहुउद्देश्यीय, दमौली बचत, मनकामना माई बहुउद्देश्यीय, रोयल, सिद्ध बहुउद्देश्यीय, कामना, सुप्रिम, साना किसान, शुभकामना बहुउद्देश्यीय, हाम्रो बचत, शुलभ बचत, व्यास बचत, नेपाल बचत, बेलचौतारा बचत, उपकार बचत, तनहुँ दुग्ध उत्पादक सहकारीले वार्षिक ५ करोड भन्दा बढिको कारोवार गर्ने गरेका छन् ।
जिल्लामा सञ्चालित ९१ वटा सहकारी संस्थाले ५० लाख भन्दा बढीको कारोबार गर्न थालेका छन् । । सहकारी निरीक्षक खनालका अनुसार कृषि क्षेत्रमा काम गर्ने सहकारी पनि क्रमश बढीरहेको छ । हाल जिल्लामा हाल ३ सय ६१ सहकारी सञ्चालनमा छन् । तीमध्ये १ सय ३५ बचत, ४० बहुउद्देश्यीय, २४ दुग्ध, ५ कफी, २ फलफूल, १ सय कृषि, १ ग्रामीण विद्युत, २ सञ्चार, २९ उपभोक्ता, १ स्वास्थ्य र १० अन्य सहकारीले काम गर्दै आएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?