दूध सहकारीको गुणस्तरमा प्रश्न खडा


काठमाडौं, साउन ४ । दुग्ध सहकारीले उत्पादन गरेका दूधको गुणस्तरीयतामा प्रश्नचिन्ह खडा भएको छ । सहकारीले उत्पादन गरेको गुणस्तर नभएको भन्दै गुनासो व्यक्त गरेका छन् तर सहकारीहरुले निजी तबरबाट उत्पादीत दूधले सहकारीको शाख गिराएको बताएका थिए ।
‘सहकारीको दूध’ भन्दै क्यानमा बजारका घरघरमा डुलाएर दूध बेच्नेहरुले दुग्ध सहकारीहरुले गुणस्तरीय दूध बिक्रीमा कमाएको साख गिराएको भन्दै दुग्ध उत्पादक सहकारीका प्रतिनिधिहरुले चिन्ता व्यक्त गरेका हुन।
उनीहरुले सहकारीको नाममा खुलेआम गुणस्तरहीन दूध बिक्री गरेर मनग्यै नाफा आर्जन गरिरहँदा पनि सम्बन्धित निकायबाट अनुगमन नभएकोमा चिन्तासमेत व्यक्त गरेका छन् ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड मकवानपुरले बुधबार हेटौंडामा आयोजना गरेको मकवानपुरमा गुणस्तरीय दूध उत्पादन र बजारीकरण विषयक संघसंस्थाबीचको अन्तक्र्रियाका सहभागीहरुले धारणा राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय दुग्ध सहकारी संघ अध्यक्ष नारायणप्रसाद देवकोटाले सहकारीको दूध गुणस्तरीय हुन्छ भन्ने साख बजारमा बनेको अवस्थामा सहकारी संस्थाबाट दूध किनेर घरघरमा बिक्री गर्नेको संख्या बृद्धि भएसंगै त्यस्तो साखमा गिरावट आउने चिन्ता बढेको बताउनुभयो । उहाँले सहकारी संस्थामा दूध किनेर त्यसमा पानी मिसावट गरी बिक्री गरिने हुँदा दूधको गुणस्तर खस्कने पक्का रहेको बताउनुभयो ।
उनले देशमा हाल दैनिक दूध बिक्रीबाट किसानले ३ करोड रुपियाँ गाउँ लगिरहेको भन्दै त्यो दरमा अझै बृद्धि हुने बताउनुभयो । ‘नेपालमा दूध उत्पादन बृद्धि भइरहेको छ’, केन्द्रीय अध्यक्ष देबकोटाले दूध उत्पादन बृद्धि भएसंगै नेपालमा खपत गरेर नभ्याएको दूध विदेश निर्यात गर्नुपर्ने हुँदा गुणस्तरमा सम्झौता गर्न नहुने उहाँको भनाई थियो ।
‘खुला दूधको गुणस्तर कुनै निकायबाट परीक्षण भएको छैन’, जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष बद्री लम्सालले त्यसरी बिक्री गरिने दूधको उत्पादन मिति, उपभोग्य मितिलगायत विवरण थाहा नहुने हुँदा गुणस्तरको ग्यारेन्टी नहुने बताउनुभयो । दूधको उत्पादन बृद्धिसंगै गुणस्तरीय दूधको माग भइरहेको सन्दर्भमा सबै सहकारीहरुले त्यसमा सचेत हुनुपर्नेमा उहाँले बताउनुभयो ।
संघका अध्यक्ष बासुदेव अधिकारीले छलफलले मकवानपुरको दूध गुणस्तरीय बनाउन सहकारी संस्थाहरुमा आचारसंहिता लागू गर्ने, किसानको गोठदेखि उपभोक्ताको ओठसम्म दूधको गुणस्तर बिग्रन नदिने, सहकारी सुदृढीकरणको लागि तालिम आयोजना गर्ने र उत्पादन लागत घटाउन घाँसखेतीलाई प्रोत्साहन गरिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय मकवानपुरका वरिष्ठ पशु चिकित्सक रामप्रकाश प्रधानले दाना खुवाएर दूध उत्पादन गर्दा किसानले मुनाफा धेरै लिन नसक्ने भन्दै पर्याप्तमात्रामा घाँस खेती गरेर पशुपालन गर्नुपर्ने जोड दिनुभयो ।
दूध उत्पादनमा गुणस्तरीयता ल्याउन जिल्लामा दुई थान मिल्किङ ९दूध दुहुने० मेशिन, १४ वटा मिल्क एनालाइजर र १९ वटा चिलिङ भ्याट सञ्चालन गरिएको उहाँको भनाई थियो ।
संघ अध्यक्ष अधिकारीले दूध उत्पादन तथा बजारीकरणमा देखिएका चुनौती, सम्भावना र अवसरबारे प्रष्याउनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन