उपलब्धिले साहित्यीक सम्मान गर्ने


काठमाडौं, साउन ५ ।
उपलब्धी बहुउद्देश्यीय सहकारी संस्थाले सातौं वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । संस्थाले स्थापना दिवसको अवसर पारेर साउन ७ गतेदेखि कैलाशचौर लाजिम्पाटमा अवस्थित आफ्नै भवनबाट कारोबार शुरु गर्ने भएको छ ।
संस्थाले सो अवसरमा आफ्नै भवनको हलमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । त्यसैक्रममा दीप गोविन्द सम्मान कोषद्वारा घोषणा गरिएका विभिन्न साहित्यीक सम्मानहरु पनि वितरण गरिने भएको छ।
दीप गोविन्द स्मृति सम्मान २०७१ बाट समकालीन नेपाली कथाः समस्या र सन्र्दभ २०७१ समकालीन कृतिका लागि किशन थापा ‘अधिर’लाई र चिसो घाम २०७१ कथासंग्रहका लागि सरु पोखरेललाई दिने प्रदान गरिने भएको छ ।
त्यस्तै ध.च गोतामे स्मृति सम्मान २०७१ बाट नेपाली कथाबारे अनुसन्धान, लेखनमा योगदान पु¥याएवाफत डा.दयाराम श्रेष्ठलाई सम्मान गरिने भएको छ । गोपाल गोतामे स्मृृति सम्मान २०७१ बाट सिर्जनात्मक लेखन÷पत्रकारितामा योगदान गरेवाफत जयदेव भट्टराईलाई दिने निर्णय गरिएको हो ।
उपलब्धी बहुउद्देश्यीय सहकारी संस्थाको उपलब्धी साहित्य विकास उपसमितिद्वारा संस्थाको स्थापना दिवसका अवसरमा सम्मान दिने संस्थाले जनाएको छ । आउँदो साउन ७ गते कैलाशचौर मार्ग लाजिम्पाट एक कार्यक्रमको आयोजना गरी सम्मान गर्ने संस्थाले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

चिनारी साकोसको आयोजनामा PALM कार्यशाला
टुगा आस्था विकास साकोसको CUDCC तालिम
क्षमता अभिवृद्धि तालिम सम्पन्‍न
नागरिकको समृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण