सहकारी सचेतना वर्षका रुपमा मनाउने


बाग्लुङ, साउन ५ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले आर्थिक वर्ष २०७२र०७३ लाई सहकारी सचेतना वर्षका रुपमा मनाउने भएको छ ।
संस्थाले सेयर सदस्यलगायत समुदायमा सहकारीसम्बन्धी जानकारी दिने, सेयर सदस्य वृद्धि लगायतका योजनासहित सहकारी सचेतना अभियान सञ्चालन गर्न लागेको हो ।

सचेतना अभियान सञ्चालनका लागि संस्थाले आठ लाख ८५ हजार बजेट विनियोजन गरेको छ । अभियानबाट सेयर सदस्य, सेयर पँुजी, आम्दानी तथा सेयर सदस्यको आर्थिक तथा सामाजिक विकास हुने लक्ष्य संस्थाले लिएको छ ।

अभियानअन्तर्गत प्रत्येक साता एउटा कार्यक्रम गर्ने, सबै गाविस र बागलुङ नगरपालिकाका सबै वडामा उपसमिति गठन गरी गतिविधि सञ्चालन गर्ने बताइएको छ । सहकारीको प्रवद्र्धनका लागि दशवर्षे रणनीतिक योजना नै बनाएर अगाडि बढ्ने योजना संस्थाको छ ।
सहकारीले धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिक पत्रिका प्रकाशन, बचत तथा ऋण कार्यक्रमका साथै सामाजिक गतिविधि समेत गर्दै आएको छ ।
संस्थाले गत आर्थिक वर्षमा ४० करोडको कारोबार गरेको जनाइएको छ । विसं २०८० सम्म संस्थामा पाँच हजार सेयर सदस्य र १२ करोड ५० लाख सेयर रकम पुर्याउने लक्ष्य रहेको सहकारीले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पथप्रर्दशक नारी आवाजहरु
महिला साकोसका लागि निशुल्क सफ्टवेयर र उद्यमशिलता थोक ऋण सुविधा
‘नेतृत्वमा ३३.५ प्रतिशत महिला पहुँच सुनिश्चित गरिएको छ’
शोषण र विभेदरहित समाज निर्माणमा सहकारी सारथी