गत आर्थिक वर्षमा ५०सहकारी खारेज, २७ सहकारी दर्ता


नेपालगञ्ज । नेपालगञ्ज क्षेत्रमा सहकारी दर्ता घटेको छ भने खारेज हुने क्रम बढेको छ । सहकारीले सिद्वान्तअनुसार कारोबार गर्न नसकेपछि सहकारीको दर्ता खारेज हुन क्रम बढेको छ । त्यस्तै नयाँ दर्ता हुने क्रम विगतका तुलनामा घटेको छ । डिभिजन सहकारी कार्यालय नेपालगञ्जले लामो समयदेखि मासिक तथा वार्षिक विवरण नबुझाउने बाँकेका ५० ओटा सहकारी संस्थालाई खारेजी गर्न सूचना प्रकाशित गरेको छ । जिल्लामा चालू आर्थिक वर्ष २०७१र७२ को अन्त्यसम्ममा ४ सय ४४ ओटा सहकारी संस्था दर्ता भएका छन् । तीमध्ये अति निष्क्रिय अवस्थामा रहेका ५० ओटा सहकारीलाई आगामी आर्थिक वर्ष २०७२र७३ मा खारेजी गर्ने सहकारी तथा प्रशिक्षण डिभिजन कार्यालय बाँकेले जानकारी दिएको छ । कार्यालयले गत वैशाख २५ गते ३५ दिने सूचना निकाल्दै संस्था दर्ता खारेज गर्नु नपर्ने अवस्था भए प्रचलित सहकारी ऐन, नियमबामोजिम कुनै आधार, प्रमाण र कारण तथा सुधारको प्रतिबद्धतासहित आउन आग्रह गरेको थियो । ३५ दिनभित्र कारणसहित पेश हुन जिल्लाका १ सय ३४ ओटा सहकारी संस्थाका लागि सूचना जारी गरिएको थियो । सूचना प्रकाशित भएपछि हाल जिल्लामा १ सय २ सक्रिय, ५० निष्क्रिय, ६९ अति निष्क्रिय, ९ समस्याग्रस्त र १ सय ९७ सुधारोन्मुख अवस्थामा रहेको सहकारी तथा प्रशिक्षण डिभिजन कार्यालय बाँकेका प्रमुख प्रशिक्षक एवम् प्रमुख प्रकाशराज पौडेलले बताउनुभयो । ‘सहकारीलाई मासिक तथा वार्षिक विवरण बुझाउन आग्रह गर्दै विभिन्न गोष्ठीमा समावेश गराइएको छ,’ उनले भने । विवरण नबुझाउँदा हुने कारबाहीलगायतबारे जानकारी गराउँदासमेत अटेर गर्ने सहकारीलाई खारेज गरिने उहाँको भनाइ छ । आगामी आवमा अति निष्क्रिय अवस्थामा रहेका ५० ओटा सहकारीलाई खारेज गर्ने वार्षिक कार्यतालिकामा समावेश गरिएको छ । यसैगरी, २० ओटा सहकारीको एकीकरण गरिने भएको छ । जिल्लामा हालसम्म बहुउद्देश्यीय १ सय ६, बचत तथा ऋण ९८, कृषि तथा साना किसान १ सय ९९, दुग्ध ८, उपभोक्ता १०, विद्युत् ३, सञ्चार ३, स्वास्थ्य २, मजदूर तथा श्रमिक १, पशुपालन ४, फलफुल ४ र जडिबुटी वन तथा वातावरण सहकारी संस्था ६ ओटा दर्ता भएका छन् । तीमध्ये चालू आवमा सबैभन्दा बढी कृषि तथा साना किसानसमेतका १९ ओटा सङ्घरसंस्था दर्ता भएका छन् । यसैगरी, बहुउद्देश्यीय ४, बचत तथा ऋण २, उपभोक्ता २ र जडिबुटी वन तथा वातावरण सहकारी संस्था एउटा गरी कुल २७ ओटा सहकारी संस्था दर्ता भएको उहाँको भनाई छ । जिल्लामा महिलाद्वारा सञ्चालित ५८ ओटा सहकारीमध्ये २५ सक्रिय, १० ओटा अति निष्क्रिय र २३ ओटा सुधारोन्मुख अवस्थामा छन् । गाविस क्षेत्रमा २ सय ९९ र नपा क्षेत्रमा १ सय ४५ ओटा सहकारी छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

चन्द्रागिरि साकोसको CUDCC तालिम सुरु
संस्थागत विकास तालिम सुरु
ज्योति मिर्मिरे सामुहिक साकोसको जेष्ठ सदस्य सम्मान
ऋणको कानुनी प्रक्रिया तथा धितो मुल्याङ्‍‌कन तालिम सम्पन्‍न